०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

दाङको कोइलाबाँसबाट भारतीय अबैध खसी सशस्त्र प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित शनिबार, आश्विन १७, २०७७

बिदुर एमसी दाङ                                                राजस्व छलेर नेपाल ल्याउदै गरेको खसी सहित एक मिनि ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रा १ ख १३१५ नम्बरको मिनि ट्रकमा ६२ वटा खसी कोइलाबास भन्सारबाट दाङ तर्फ ल्याउदै गरेको भन्ने सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर हेड क्वाटर ज्वालामाई भालुवाङको संयुक्त टोलीले शुक्रबार राती कोइलाबास नजिकैबाट नियन्त्रणमा लिएको हो। खसी कस्ले कसरी ल्यायो भन्ने बारे कुनै जानकारी छैन, सशस्त्र प्रहरीको गस्ती टोलिलाई देखे पछि केही मानिसहरु भागेका थिए । झण्डै ७ लाख बराबरका खसीबोका रहेको छ्न ।
बिचौलियाको साहारामा चोर बाटो हुँदै भारतबाट नेपाली भुमीमा ल्याउने र नेपाली गाडी प्रयोग गरेर नेपालका विभिन्न बजार सम्म पुर्याउने उदेश्य देखिन्छ एसपी खनालले भने ।
रा १ ख १३१५ नम्बरको मिनि ट्रक सहित पक्राउ परेका ६२ वटा खसीलाई नेपालगन्ज भन्सार कार्यालयमा बुझाउने तयारी भैरहेको सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर हेड क्वाटर भालुवाङका सशस्त्र प्रमुख एसपी टोप बहादुर खनालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!