२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

दाङबाट १८ जना जुवाडे पक्राउ

Logo
प्रकाशित आइतबार, आश्विन १८, २०७७

तेज वली दाङ                                                      राप्ती र बबई गाउँपालिकामा अबैध रुपमा जुवा खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ५ लाख २२ हजार एक सय १५ रुपैँया बरामद गरिएको छ ।
शुक्रबार राति साढे १० बजेतिर राप्ती गाउँपालिका वडा नं. ५ सिसहनिया स्थित दर्शन खाजा घरको कोठामा जुवातास खेलिरहेको अबस्थामा दुई लाख ६० हजार १२५ रुपैंया र चार गड्डी खोलेको तास तथा ४२ गड्डी नखोलेको तास सहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
पक्राउ पर्नेमा राप्ती गाउँपालिका ७ बस्ने ३७ वर्षीय दिपेन्द्र बिक्रम शाह, राप्ती ५ बस्ने २९ वर्षीय मोहन गाहामगर, वडा नं. ७ बस्ने २८ वर्षीय नारायण रोकामगर, वडा नं. ८ बस्ने ३० वर्षीय श्याम गुरुङ, वडा नं. ४ बस्ने २८ वर्षीय बसन्त बेल्वासे, वडा नं. ४ बस्ने ३० बर्षीय लक्ष्मण गिरी, वडा नं. ५ बस्ने ३० वर्षीय छोटेलाल चौधरी, वडा नं. ८ बस्ने ४५ वर्षीय बेलसिंह भैयामगर, वडा नं. २ बस्ने ३८ वर्षीय युवराज बुढा र रोल्पा सुनिलस्मृती गाउँपालिका ७ का २८ वर्षीय नारायण रोका मगर रहेका छन् ।
त्यस्तै शुक्रबार नै बबई गाउँपालिका ३ धनुवास स्थित केशव भन्ने केश कुमार विकको घरमा जुवातास खेलिरहेको अवस्थामा दुईलाख ६१ हजार ९ सय ९० रुपैयाँ र एक गड्डी ताससहित आठ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बबई गाउँपालिका ३ धनुवास बस्ने ३७ वर्षीय केशकुमार विक, सोही ठाउँ बस्ने ४३ वर्षीय लोक बहादुर खड्का, ४९ वर्षीय पर्साराम बिक, २४ वर्षीय शेर बहादुर विक, २४ बर्षीय प्रेम पुन, वडा नं. ४ सुन्दरखाल बस्ने ३२ बर्षीय बिमल भन्ने बिन बहादुर घर्ती, सोही ठाउँ बस्ने २९ वर्षीय विक्की नेपाली र २९ वर्षीय भीम बहादुर भन्ने भाईलाल नेपालीलाई पक्राउ गरिएको हो । यस विषयमा अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!