०८ जेठ २०८३, शुक्रबार
22-05-2026 , Fri
×

बाँके प्रहरीले २५ थान मोबाइल सहित एकजना पक्राउ

Logo
प्रकाशित आइतबार, आश्विन १८, २०७७

महेन्द्र सिंह
बाँके प्रहरीले आइतबार बिहान भारतबाट अवैध रुपमा नेपालगन्ज ल्याउदै गरेको २५ थान मोबाइल सेट र स्कुटर सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
बाँके वडा प्रहरी कार्यालय नेपालगंजको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का ३१ बर्षिय अमर नाथ सोनिलाई विभिन्न कम्पनीका अवैध २५ थान मोबाइल सेटसहित पक्राउ गरेको हो ।
भन्सार छलि चोरी निकासी गरि भारतबाट नेपाल ल्याउँदै गरेको उक्त मोबाइलहरु उनले चलाई आएको भे ५ प २६८१ नम्बर स्कुटीको डिक्की भित्रबाट बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको स्कुटीबाट अन्दाजी ६ लाख ६५ हजार मुल्य बराबरको OPPO A5 S – ४ थान, REALME 5I – २ थान, NARZO 20 – ५ थान, REDMI NOTE 8 – १ थान र POCO X2 – १३ थान मोबाइल बरामद गरी आवश्यक कारवाहीको लागि स्कुटीसहित सोनिलाई नेपालगन्ज भन्सार कार्यालयमा पठाएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही राजनीतिक, सामाजिक र बौद्धिक वृत्तमा पछिल्लो समय एउटा नाम निकै चर्चामा छ- सविन प्रियासन । लामो समयदेखि पत्रकारितामार्फत समाज, राजनीति, विकास र जनजीवनका सवालहरू उठाउँदै आएका प्रियासनले अब प्रत्यक्ष राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनको राजनीतिक यात्राबारे व्यापक बहस सुरु भएको […]

बर्दिया । खुला सीमा नाकाहरूमा *अवैध तस्करी बढेको* र *प्रहरी प्रशासन मौन बसेको* भन्ने गुनासो स्थानीय र सञ्चारमाध्यममा आइरहेको छ। *के भइरहेको छ?* बर्दियाको गुलरिया, राजापुर, मधुवन लगायतका क्षेत्र नेपाल-भारत खुला सीमा भएकाले पशुचौपाया, मोटरसाइकल, किराना सामान, लागूऔषध जस्ता वस्तुको अवैध ओसारपसारको जोखिम बढी हुन्छ। पछिल्ला महिनाहरूमा लुम्बिनी प्रदेश प्रहरी विशेष टोली र सशस्त्र प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले काठमाडौंस्थित *एपीएफ कमाण्ड तथा स्टाफ कलेज*मा दुईवटा कार्यक्रममा सहभागिता जनाएका छन्। *कार्यक्रमहरू:* 1. *दशौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन* – कोर्ष पूरा गरेका अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। 2. *एघारौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन* – नयाँ समूहका प्रशिक्षार्थी अधिकृतहरूको लागि कोर्ष सुरु भएको छ। […]

error: Content is protected !!