१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

बाँके प्रहरीले २५ थान मोबाइल सहित एकजना पक्राउ

Logo
प्रकाशित आइतबार, आश्विन १८, २०७७

महेन्द्र सिंह
बाँके प्रहरीले आइतबार बिहान भारतबाट अवैध रुपमा नेपालगन्ज ल्याउदै गरेको २५ थान मोबाइल सेट र स्कुटर सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
बाँके वडा प्रहरी कार्यालय नेपालगंजको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का ३१ बर्षिय अमर नाथ सोनिलाई विभिन्न कम्पनीका अवैध २५ थान मोबाइल सेटसहित पक्राउ गरेको हो ।
भन्सार छलि चोरी निकासी गरि भारतबाट नेपाल ल्याउँदै गरेको उक्त मोबाइलहरु उनले चलाई आएको भे ५ प २६८१ नम्बर स्कुटीको डिक्की भित्रबाट बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको स्कुटीबाट अन्दाजी ६ लाख ६५ हजार मुल्य बराबरको OPPO A5 S – ४ थान, REALME 5I – २ थान, NARZO 20 – ५ थान, REDMI NOTE 8 – १ थान र POCO X2 – १३ थान मोबाइल बरामद गरी आवश्यक कारवाहीको लागि स्कुटीसहित सोनिलाई नेपालगन्ज भन्सार कार्यालयमा पठाएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!