१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

दाङमा एक युवकमाथि खुकुरी प्रहार खड्का घम्भिर घाइते

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

एबिसी क्राईम ब्युरो
दाङकाे तुलसीपुरमा एक युवक माथि खुकुरी प्रहार भएकाे छ । आईतबार बेलुका ७ बजेकाे समयमा तुलसीपुर उपमहानगरपालिका ६ यातायात ब्यवस्था कार्यालय पछाडि भिआईपी टाेल स्थित एक १८ बर्षिय युवक माथि खुकुरी प्रहार भएकाे हाे ।
खुकुरी प्रहारबाट जिल्ला सल्यान बगचाैर नगरपालिका ७ टाटके घर भई हाल तुलसीपुर उपमहानगरपालिका ५ बिजय फर्निचर उद्याेगमा काम गर्ने १८ बर्षिय दण्डबिर खड्का रहेकाे प्रहरीले जनाएकाे छ। निजलाई राेकिरहेकाे अवस्थामा पछाडिबाट माेटरसाईकलमा आएका ब्यत्तिहरुले खुकुरी प्रहार गरी फरार भएका थिए । घाइते खड्काकाे राप्ती प्रादेशिक अस्पतालमा उपचार पश्चात थप उपचारको लागि काेहलपुर रेफर गरिएकाे र घटनामा संङ्ल्गन रहेका ब्यत्तिहरु फरार रहेकाेले उनीहरुकाे खाेजी कार्य तिब्र पारिएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिब बहादुर सिंहले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]