२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

राजधानी सार्ने बिरोधमा सोमबार बुटवल बन्द हुने

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

ABC Sanchar
बुबुटवलमा व्यवसायीक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभामा पेश गरेको विषयप्रति रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुको संयुक्त संस्था (सञ्जाल) को गम्भिर ध्यानाकर्षण भएको भन्दै बिरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो ।
विरोधको कार्यक्रम अनुसार प्रधानमन्त्री र मुख्य मन्त्रीलाई ज्ञापन पत्र दिनेदेखि लुम्बिनी बन्दसम्म गर्ने कार्यक्रम राखेको छ । १९ गते विहान ९ बजे देखि साविक लुम्बिनी अञ्चल बन्दको घोषणा गर्ने सञ्जालले निर्णय गरेको छ ।
हालसम्म राजधानीको सन्दर्भमा भएगरेका तयारी, भौतिक पूर्वाधारमा राज्य कोषबाट गरिएको व्ययभार, व्यबसायिक संघसंस्थाबाट भएको योगदान र बहुसंख्यक जनताको भावना बिपरित हठात् राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा पेश गरिएको बिषयले निजी क्षेत्र मात्रै नभएर प्रदेशका बहुसंख्यक जनतालाई दुःखी बनाएको सञ्जालको विज्ञप्तीमा उल्लेख छ ।
राजधानी सार्ने प्रस्ताव पुनर्विचार गर्न र जनभावनाको समेत कदर गर्न हामी सरकारसंग जोडदार माग गर्दछौं’–विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सञ्जाल रुपन्देहीले खिम बहादुर हमाल, संयोजक र यमलाल लोहनी, सह संयोजक रहेको संघर्ष समिति समेत गठन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]