२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पाटे बाघको छाला सहित ४ जना व्यक्तिहरु पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

एबिसी संचार काठमाडौं जिल्ला स्वयम्भू एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित पाटे बाघको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सुचनाको अधारमा आज मिति २०७७/०६/१८ गते अं. १०:३० बजेको समयमा काठमाडौं जिल्ला का.म.न.पा. वड नं. १५ स्वयम्भू स्थित होटल प्लाजाको कोठा नं. २०८ मा अं. ९ फिट लम्बाई र २ फिट २ ईन्च चौडाई भएको प्रतिबन्धित पाटे बाघको छाला नगद रु.६,०००,०००।–(साठी लाख मात्र) मा बिक्रि वितरण गर्ने उद्येश्यले लिई आएका निम्न व्यक्तिहरुलाई प्रतिबन्धित छाला सहित महानगरीय अपराध महाशाखाबाट खटि गएको बिशेष अनुसन्धान टोलीले पक्राउ गरि ल्याएको ।
पक्राउ मानिसहरु:-
१) नाम:– टेक बहादुर तामाङ
उमेर :– ४३ बर्ष
ठेगाना:– जिल्ला धादिङ गल्छी गा.पा. वडा नं. ०५
हालको ठेगाना:- का.जि. गोलढुङ्गा
पेशा:- ज्यामी काम गर्ने
२) नाम:– सुजन थिङ
उमेर :– २८ बर्ष
ठेगाना:– जिल्ला धादिङ गल्छी गा.पा. वडा नं. ०५ पाल्चोक सागिने
पेशा:- दुनोट व्यापारी
३) नाम:– आशिष तामाङ
उमेर :– २७ बर्ष
ठेगाना:– जिल्ला धादिङ गल्छी गा.पा. वडा नं. ०५
पेशा:- कृषि
४) नाम:– सानुकान्छा थिङ
उमेर :– २४ बर्ष
ठेगाना:– जिल्ला मकवानपुर थाहा न.पा. वडा नं. ०८
हालको ठेगाना:- का.जि. गोलढुङ्गा
पेशा:- ड्राईभर
बरामद सामानहरु:-
पाटे बाघको छाला थान १ ।
अनुसन्धानबाट खुलेका कुराहरु:-
धादिङको स्थानिय व्यक्तिबाट टेकबहादुर तामाङले नगद रु. ३५,००,०००।–(रुपैंया पैंतिस लाख) मा खरिद गरी ल्याएको ।
उक्त पैसा स्थानिय अर्को व्यक्तिले लगानी गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको ।
उक्त छाला माथि उल्लेखित व्यक्तिहरुले रु. ६०,००,०००।–(रुपैया साठी लाख) मा बिक्रि गरी बाँडेर खाने, दशैं मनाउने मनशायले प्रलोभनमा परी बेच्न आएको भन्ने समेत प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]