२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सल्यान जिल्ला ट्राफिकद्धारा २ महिनामा रु ५ लाख राजस्व संकलन

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

ABC Sanchar
सल्यान जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले चालु आर्थिक बर्षको २ महिनामा पाँच लाख रुपैँया बढी राजस्व संकलन गरेको छ । ट्राफिक नियम पालना नगरेर सवारीसाधन चलाउनेहरुलाई कारवाही गर्दा चालुआर्थिक बर्षको पहिलो २ महिना साउन र भदौँमा मात्रैँ ५ लाख ७ हजार रुपैँया राजस्व संकलन भएको हो । यस अबधिमा ५ सय ९ वटा सवारीसाधन कारवाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी सहायक निरीक्षक सन्दिप विकका अनुसार साउन महिनामा २ सय ८३ वटा सवारीसाधन कारवाही गर्दा २ लाख ८० हजार ५ सय रुपैया राजस्व संकलन भएको छ । यस्तै भदौँ महिनामा २ सय २६ वटा सवारीसाधन कारवाहीमा पर्दा २ लाख २६ हजार ५ सय रुपैँया राजस्व संकलन भएको छ ।
साउन महिनामा ८ वटा बसलाई कारवाही गर्दा ८ हजार, ३६ वटा ट्रकलाई कारवाही गर्दा ३६ हजार र ३३ वटा जीपकारलाई कारवाही गर्दा ३३ हजार राजस्व संकलन भएको छ । यस्तै १ सय ६४ वटा मोटरसाइकललाई कारवाही गर्दा १ लाख ५२ हजार, २४ वटा ट्याक्टरलाई कारवाही गर्दा २४ हजार र अन्य १८ सवारीसाधनलाई कारवाही गर्दा १७ हजार ५ सय राजस्व संकलन भएको छ ।
यस्तै भदौँ महिनामा ५ वटा बसलाई कारवाही गर्दा ५ हजार, ३३ वटा ट्रकलाई कारवाही गर्दा ३३ हजार र ३१ वटा जीपकारलाई कारवाही गर्दा ३१ हजार राजस्व संकलन भएको छ । यस्तै १ सय २४ वटा मोटरसाइकललाई कारवाही गर्दा १ लाख २५ हजार, २१ वटा ट्याक्टरलाई कारवाही गर्दा २१ हजार र १२ वटा अन्य सवारीसाधनलाई कारवाही गर्दा ११ हजार ५ सय राजस्व संकलन भएको कार्यालयको भनाई छ ।
कार्यालयका अनुसार जिल्लामा साउन महिनामा १४ वटा र भदौँ महिनामा ९ वटा गरी २३ वटा सवारी दुर्घटना भएका छन् । जसमा परेर एक जनाएको मृत्यू भएको छ भने ३६ जना घाइते भएका छन् । कार्यालय प्रमुख बिकले पछिल्लो समय सवारीसाधनको छड्के जाँचलाई थप कडाई गरिएको बताउनुभएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएको अबस्थामा सवारीसाधनमा भिडभाड हुदाँ आमनागरिकमा पनि कोरोनाको संक्रमण बढ्नेसक्ने भएकाले आबश्यक सावधानी अपनाउदैँ सवारीसाधन चलाउन सुझाव दिइएको बताउनुभयो । उहाँले मास्क, स्यानिटाइजरको प्रयोग गर्न, भिडभाड नगर्न तथा सिट क्षमताको आधा मात्रै यात्रु राखेर सञ्चालन गर्न सुझाव दिइएको बताउनुभयो ।
यस अबधिमा सरकारले बनाएको स्वास्थ्य सुरक्षाको मापदण्ड विपरित सञ्चालन भएका आधा दर्जन बढी सवारीसाधनलाई कारवाही गरिएको उहाँको भनाई छ । यस्तै निर्धानित भाडादर भन्दा बढी भाडा लिने सवारीसाधनलाई पनि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]