१२ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

स्वास्थ मन्त्रालयले दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न अनुरोध

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

ABC Sanchar काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढ्दै गएकोले दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ । मन्त्रालयले ‘दशैंँमा आवतजावत गर्दा कोरोनाको सङ्क्रमण थप फैलन सक्ने भन्दै सर्वसाधारणलाई जुन ठाउँमा छौँ, त्यही ठाउँबाट दशँै मनाउन’ आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसपटक कोरोना महामारीबाट जोगिएमा दशँै अर्को वर्ष पनि मनाउन सकिने भन्दै आफू र परिवारका अन्य सदस्यलाई समेत खतरा हुने गरी एक ठाउँबाट अर्को ठाउँमा नजान आग्रह गर्नुभयो ।
उहाँले महामारीका बेलामा गाउँ सहर आवतजावत गर्दा सङ्क्रमण फैलन सक्ने बताउनुभयो । मन्त्रालयको ‘कोभिड इन्सिडेन्ट कमान्ड सिस्टम’को बैठकले यस्तो आग्रह गरेको भन्दै उहाँले जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जरिवाना शुल्क तोक्ने मापदण्ड बनाई स्वीकृतिका लागि पठाउने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले सङ्क्रमणको खराब अवस्था आउन सक्ने भन्दै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखालाई औषधि तथा आवश्यक सामग्रीको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
थप दुई हजार २५३ मा सङ्क्रमण
यसैबीच नेपालमा थप दुई हजार २५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गर्दा ती व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको हो । शनिबार दुई हजार १२० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
प्रवक्ता गौतमले योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८६ हजार ८२३ पुगेको जानकारी दिनुभयो ।
उपत्यकामा बढ्दो चाप
काठमाडौँ उपत्यकामा थप एक हजार ५९९ जनामा सङ्क्रमण देखिएको छ । प्रवक्ता गौतमले काठमाडौँमा एक हजार ३७३ जना, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जना गरी कुल एक हजार ५९९ जनामा कोरोना देखिएको बताउनुभयो । यसैगरी आइतबार देशभर थप सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्बोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई ३ दिनभित्र विद्यालय फर्कन आदेश जारी काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो ।

काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना नायव महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरिएको छ। गृह मन्त्रालयले बिहीबार ६ प्रदेशका प्रमुखसहित विभिन्न जिम्मेवारीमा रहेका डीआईजीहरूको सरुवा गरेको हो।हाल सशस्त्र प्रहरी बलका प्रवक्ता रहेका डीआईजी कुमार न्यौपानेलाई कोशी प्रदेशअन्तर्गतको बराह बाहिनीमा सरुवा गरिएको छ। यसअघि बराह बाहिनीको जिम्मेवारी सम्हालेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा पठाइएको छ। यसैगरी, मधेस प्रदेशको […]

काठमाडौं । ट्राफिक प्रहरीबाट एक जना व्यक्ति कुटिएको भिडिओ यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सार्वजनिक भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छ । उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिन्छ । ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ । कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ । सार्वजनिक भिडिओ काठमाडौं […]

error: Content is protected !!