१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

राज्यले वेवास्ता गरेपछि पेट भर्न भारत जान बाध्यता नागरिकहरु

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

प्रिन्स मिश्रा
कृष्णनगर भारतबाट फर्केका नेपालीहरु भाेकाे पेट पाल्न पुन: भारत जानेक्रम बढेकाे छ।
भारतमा काेराेना संख्या बढ्दै गएपनि राज्यले जिवकाेपार्जनका लागि कुनै व्यवस्थापन नगरेकाले तीन हजार नेपाली कामका लागि भारत प्रवेश गरेका छन ।
लामो समय देखिको लकडाउन र कोरोना कहरले गर्दा खाना लाउन मुस्किल भएको भन्दै काम खोज्दै नेपालीहरु भारततिर गएका हुन । लकडाउन सुरु भएपछि नेपाल फर्किएकाहरु पनि कोरोना कहरका विचमै पुन भारतमा रोजगारीका लागी गएका प्रहरी नायब निरीक्षक रेशम बहादुर जीसीले बताएका छन । कृष्णनगर नाका हुँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, कालिकोट, जुम्ला, सल्यान, रुकुम, रोल्पा बुटवल, अर्घाखाची , प्युठान, पाल्पा, लगायत जिल्लाका नेपाली कामका लागि भारत जाने गरेको स्थायी प्रहरी पोष्ट कृष्णनगरका नायब निरीक्षक जीसीले बताउनु भएको छ ।
भारतीय आधार कार्ड भएकालाई स्वदेश फर्किन दिएको बताउँदै उनले नेपाली नागरिकता भएकालाई नेपाल प्रवेश गर्न दिइएको जानकारी दिए । कामका लागि भारत जाने नेपालीको लर्को लागेको उनको भनाई छ । उनले भारतीय आधार कार्ड भएकालाई मात्र भारत जान दिएको बताए । दैनिक १०० जनाको हाराहारीमा कामका लागि भारत जाने गरेको उनको भनाई छ ।
लामो समयदेखि भारतमा बसेर आधार कार्ड बनाएकाहरु पछिल्लो समय भारत जान थालेको प्रहरी नायव निरीक्षक गयन्द्र गिरीले बताए । कोरोनाको संक्रमण बढेपछि मरे आफ्नै देशमा मरौँला भनेर फर्किएकाहरु भारतमा लकडाउन खुलेपछि कामका लागि भारत जान थालेको उनले स्पष्ट पारे । ‘नेपालमा काम नपाएर खान लाउन समस्या भएपछि कोरोनाको डरले फर्किएका नेपाली पुन भारत जान थालेका छन , उनले भने ।
उनले औषधि उपचार, औषधि खरिद, अन्तिम संस्कार, विरामी भेटघाट गर्न केहि छुट गरिएको बताए । वडा कार्यालयको रिफारिस र परिचय पत्र राखेर केहि समयका लागि नेपाल–भारत आवत जावत गर्न दिइएको छ उनले भने ।
कृष्णनगर नाकामा कडाई गरिएपछि आधार कार्ड नभएकाहरु कुकुरभुक्वा ,सेमरा नाका भएर जाने गरेका छन् । उक्त नाकामा आधार कार्ड नभए पनि सुरक्षाकर्मीले जान दिएको छ । आधार कार्ड नभएकाहरु बैकल्पिक बाटाे बाट भारत प्रवेश गर्न थालेपछि भीडभाड कम हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक कार्यक्रमबीच अनावरण गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री […]

error: Content is protected !!