१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

आलुको भन्सार गरेर प्याज तस्करी गर्ने भारतीय ट्रक पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

महेन्द्र सिंह                                                    नेपालगन्ज भन्सार कार्यालयबाट आलुको भन्सार गराएर भारतबाट नेपालतिर अबैध प्याज तस्करी गर्ने ट्रक पक्राउ
बाँके प्रहरीले सोमबार आलुको भन्सार गराएर भारतबाट नेपालगन्ज ल्याइएको आलु र प्याजसहित एउटा भारतीय ट्रकलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।
प्रहरीले सोमबार बिहान साढे १ बजेको समयमा वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ रंगशाला आसपास क्षेत्रबाट सामान अनलोड गर्दै गरेको अवस्थामा युपि ७६ के ८६७० नम्बरको इन्डियन बेन्ज ट्रकसहित २६९ बोरा आलु र २१३ बोरा अबैध प्याज सहित ट्रकका चालक भारत उत्तरप्रदेश फरुखाबादका २७ बर्षिय इन्द्रजित सिंहलाई नियन्त्रण लिएको जनाएको छ ।
अरीबा फ्रुट सप्लायर्स नेपालगन्जको नाममा ५०६ बोरा आलुको भन्सार गराएर उक्त ट्रक नेपालगन्ज आएको प्रहरीले बताएको छ ।
५०६ बोरा आलुको भन्सार गराएर ५० केजीको २६९ बोरा आलु (१३४५० किलो) र २० केजीको २१३ बोरा प्याज (४३६० किलो) बरामद गरेको बाँके प्रहरी प्रमुख प्रहरी एसपी ओम बहादुर रानाले जानकारी दिए । बरामद सामानको मूल्य अन्दाजी ६ लाख ७२ हजार ५ सय बराबरको रहेको उनले बताए ।
बरामद गरिएको आलु, प्याज र चालकसहित ट्रकलाई आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अर्घाखाँचीका तत्कालीन डिएसपी दिवस जिसीमाथि तीन वर्षअघिको एउटा अनुसन्धानमा लापरबाही गरेको आरोपमा छानबिन शुरु भएको छ । २०८० साउन २६ गते भएको अर्घाखाँचीको भूमिकास्थान ७ का ४५ वर्षीय पदम केसीको मृत्यु प्रकरणमा लापरबाही भएको जनाउँदै जिसीमाथि छानबिन थालिएको हो । त्यतिबेला हातहतियार खरखजाना भवितव्यमा अनुसन्धान गरिएको उक्त मुद्दामा हालका अर्घाखाँची प्रहरी प्रमुख रहेका […]

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

error: Content is protected !!