११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

सल्यानमा ६ महिने शिशु बेवारिसे अवस्थामा फेला

Logo
प्रकाशित मंगलबार, आश्विन २०, २०७७

तेज वली
सल्यानमा एक शिशु बेवारिसे अवस्थामा फेला परेका छन् । शारदा नगरपालिका-२ मैसेपानी नजिकै जंगलमा सोमबार बिहान एक शिशु बेवारिस अवस्थामा फेला परेका हुन् ।
जंगलमा घुम्न गएका श्रीनगरका स्थानीयले रुँदै गरेको बालक देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक अन्दाजी ६ महिनाको र नजिकै एउटा झोलासमेत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।
आमाले बालकलाई बिहानको समय छाडेर गएको हुन सक्ने प्रहरीको अनुमान छ । बालकलाई अहिले जिल्ला अस्पतालमा राखेर घटनाबारे अनुसन्धान भइरहेको थापाले जानकारी दिए । बालकको अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा सिदिकीले उठाएको मुद्दा एकदमै सान्दर्भिक छ। युट्युब, टिकटक, फेसबुक रिल्स बनाएर “भ्यूस” बटुली घर चलाउने हजारौं युवा/महिला छन् नेपालमा। उनीहरूलाई “भिखारी”,समाज बिगार्ने” भनेर गाली गर्ने, दुर्व्यवहार गर्ने सोच साँच्चै अपराधी सोच हो। डिजिटल दुर्व्यवहार बढ्दो छ कमेन्टमा गाली, थ्रेट, डक्सिङ, महिलालाई चरित्र हत्या गर्ने प्रवृत्ति धेरै छ। यो “अभिव्यक्ति” […]

  अर्घाखाँची । गाउँमै बसेर आफ्नो वडाको विकास योजना छान्ने यो अभ्यास एकदमै राम्रो हो। “जनताको सरकार,जनताको योजना भनेको यस्तै हो। तल्लो तहबाटै योजना टोल-टोलमा गएर किसान, आमा समूह, युवा, दलित सबैको राय लिन्छन्। सडक चाहिन्छ कि खानेपानी, कृषि मल डिपो चाहिन्छ कि स्वास्थ्यचौकी – जनता आफैले भन्छन्। पारदर्शिता वडामा कति बजेट आयो, त्यो कहाँ […]

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

error: Content is protected !!