२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

एक महिलाले एकैपटक पाँच जना शिशु जन्ममाइकी छिन

Logo
प्रकाशित मंगलबार, आश्विन २०, २०७७

ABC Sanchar
काठमाडौं थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा २८ वर्षीया एक महिलाले एकैपटक पाँच जना शिशु जन्म दिनुभएको छ । नुवाकोटकी सोमिका तामाङले एकैपटक पाँच जना शिशुलाई जन्म दिनुभएको हो ।
अस्पतालकी निर्देशक डा. संगिता मिश्राले पाँचमध्ये चार जना जीवित रहेको जानकारी दिनुभयो । २८ हप्तामा नै एक जना बच्चा पेट भित्र मृत्यु भएको जानकारी दिनुभयो । भिडियो एक्सरे गर्दा नै थाहा पाएका थियौं कि एउटा बच्चा मरेको छ भन्ने डा. मिश्राले भन्नुभयो,“तर पेटमा पानी जमेकोले शल्यक्रिया गरेर बच्चा निकालेको बताउनुभयो । उहाँले तीनवटा बच्चालाई आमालाई दिइसकेको जानकारी दिनुयो । ती बच्चा एककेजी ६ सय ग्राम देखि एक केजी नौसय ग्रामसम्मका छन् । आठसय ग्रामको बच्चालाई भने आइसियुमा राखिएको छ ।
अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा चिकित्सक टोलीले सोमबार विहान शल्यक्रिया गरेपछि शिशुहरु जन्मिएका हुन् । डा. सुदेदीले जन्मिएका शिशुहरु जीवित चार जना छोरी रहेको बताउनुभयो ।
अहिले जीवित शिशुहरुलाई आइसीयू अव्जरभेसनमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य छ । उहँले पेटमा पानी जमेकोले ३२ हप्तामा शल्यक्रिया गर्नुपरेको बताउनुभयो ।
शल्यक्रियामा डा. सुवेदीको नेतृत्वमा डा. दिप्ती श्रेष्ठ, डा.नमिता सिङदेन हुनुहुन्थ्यो भने एनेस्थेसियामा डा. मुकेशकुमार हुनुहुन्थ्यो । त्यस्तै, नर्सिङ टिमको नेतृत्व रविना प्रजापतीले गर्नुभएको थियो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]