०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा ३ मन्त्री थपिदै

Logo
प्रकाशित मंगलबार, आश्विन २०, २०७७

ABC Sanchar काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबारका लागि बोलाइएको छ।
भोलि दिउसो ४ बजेका लागि बैठक बोलाइएको एक नेताले जानकारी दिए।
४ बजे वस्ने सचिवालय बैठकमा रिक्त रहेका मन्त्री पदमा नियुक्तीबारे छलफल हुने र भोली वा बुधवार मन्त्रीमण्डल विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ।
यसबारे नेकपाका दुई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबारको भेटमा सहमति बनिसकेको स्रोतले जनायो। भोलिको नेकपा बैठकले त्यसलाई अन्तिम रुप दिने छ।
साँझसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ।
हाल ३ वटा मन्त्रालय रिक्त छन्। अर्थमन्त्री पदमा नेकपा महासचिव तथा सांसद बिष्णु पौडेललाई नियुक्ति गर्ने सम्भावना छ।
यस्तै, नेकपाकै अर्का नेता जनार्दन शर्मा पनि सरकारमा सामेल हुने बुझिएको छ। तर, शर्माले कुन मन्त्रालय सम्हाल्छन् भन्ने प्रष्ट छैन। उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।
सञ्चार भन्दा उनले गृहको नेतृत्व गर्ने इच्छा देखाएको बताइएको छ।
यस्तै, सहरी विकास मन्त्रीमा नेता सुरेन्द्र पाण्डेको नाम पक्कापक्की जस्तै देखिएको स्रोतले जनाएको छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!