२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा ३ मन्त्री थपिदै

Logo
प्रकाशित मंगलबार, आश्विन २०, २०७७

ABC Sanchar काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबारका लागि बोलाइएको छ।
भोलि दिउसो ४ बजेका लागि बैठक बोलाइएको एक नेताले जानकारी दिए।
४ बजे वस्ने सचिवालय बैठकमा रिक्त रहेका मन्त्री पदमा नियुक्तीबारे छलफल हुने र भोली वा बुधवार मन्त्रीमण्डल विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ।
यसबारे नेकपाका दुई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबारको भेटमा सहमति बनिसकेको स्रोतले जनायो। भोलिको नेकपा बैठकले त्यसलाई अन्तिम रुप दिने छ।
साँझसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ।
हाल ३ वटा मन्त्रालय रिक्त छन्। अर्थमन्त्री पदमा नेकपा महासचिव तथा सांसद बिष्णु पौडेललाई नियुक्ति गर्ने सम्भावना छ।
यस्तै, नेकपाकै अर्का नेता जनार्दन शर्मा पनि सरकारमा सामेल हुने बुझिएको छ। तर, शर्माले कुन मन्त्रालय सम्हाल्छन् भन्ने प्रष्ट छैन। उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।
सञ्चार भन्दा उनले गृहको नेतृत्व गर्ने इच्छा देखाएको बताइएको छ।
यस्तै, सहरी विकास मन्त्रीमा नेता सुरेन्द्र पाण्डेको नाम पक्कापक्की जस्तै देखिएको स्रोतले जनाएको छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]