१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

जिल्ला प्रहरी कार्यालय बाँकेमा अमर प्रहरी स्मारक बन्दै

Logo
प्रकाशित मंगलबार, आश्विन २०, २०७७

महेन्द्र सिंह जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा दिबङ्गत सहिद प्रहरीहरुको सम्झना र सम्मानमा ‘अमर प्रहरी स्मारक’ बन्ने भएको छ ।
मंगलबार बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले एक कार्यक्रमबीच स्मारकको शिलान्यास गरेका छन ।
शिलान्यास गर्दै प्रजिअ कुरुम्बाङले देश र जनताको सेवामा तल्लिन हुँदाहुँदै ज्यान गुमाएर सहिद बन्न पुगेका अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनिहरुको सम्झना र सम्मानमा प्रहरी कार्यालय परिसरभित्र निर्माण हुन लागेको ऐतिहासिक स्मारकले सहिद प्रहरी परिवारका सदस्यहरुको लागि पनि सम्मान हुने बताए । उनले प्रहरी सदैव देश र जनताको लागि अग्रपंक्तिमा रहेर सुरक्षा प्रदान गरिरहेको बताए । प्रजिअ कुरुम्बङले कोभिडको यस्तो महामारी बिचमा पनि प्रहरीले जनताको स्वास्थ्य सुरक्षाका लागि दिनरात स्वास्थ्यकर्मीले जस्तै अग्रमोर्चामा रहेर खटिरहेको स्मरण गर्दै प्रहरीको उच्च प्रशंसा गरेका थिए ।
शिलान्यास कार्यक्रममा बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले देश र जनताको सुरक्षाका लागि कर्तव्य पालना गर्दागर्दै अमर हुन पुगेका सहिद प्रहरी र उनीहरुका परिवारका सदस्यहरुको सम्मानका लागि प्रहरी कार्यालय परिसरमा स्मारक निर्माण गर्न लागेको जानकारी दिए । उनले प्रहरीका विभिन्न कार्यक्रम तथा प्रहरी दिवस गर्दा/मनाउँदा जिल्लाकै प्रहरी कार्यालयमा स्मारक नहुँदा अमर प्रहरी परिवारका सदस्यहरु दुखी भएको आफुले महसुस गरेकोले यो स्तम्भ निर्माण गर्न लागेको बताए । अबदेखि प्रहरी दिवस लगायतका कार्यक्रम यहीँ गरिने पनि उनले जानकारी गराए ।
निर्माण समितीका अध्यक्ष बसन्ता जोशीले स्मारक बनाउनका लागि कहिँ कतैबाट बजेट जोहो नभएको बताइन । उनले स्मारक निर्माणका लागि कतैबाट पनि रकम संकलन नगरिएको बताउँदै उनले सम्पुर्ण अमर प्रहरी परिवार, प्रहरी सदस्य, भुतपुर्व प्रहरी तथा शुभचिन्तकबाट स्वस्फूर्त रुपमा हुने सहयोगले निर्माण सम्पन्न गरिने बिश्वास व्यक्त गरिन ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख उप-अनुसन्धान निर्देशक नरेन्द्र राज गिरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास खड्का, प्रहरी निरीक्षक सुरज खत्री, भुतपुर्व प्रहरी संगठन बाँकेका अध्यक्ष गङ्गा बहादुर अधिकारी, भुतपुर्व प्रहरी नायब उपरीक्षक चिन्तामणी बुढाथोकी अमर अशक्त प्रहरी संगठनका पदाधिकारी तथा परिवार सदस्य, प्रहरीका सिनियर तथा जुनियर अधिकृतका साथै प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

error: Content is protected !!