२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँके सशस्त्र प्रहरीद्वारा ४ लाख बराबरको अवैध लेडिज कपडा पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन २१, २०७७

महेन्द्र सिंह
बाँके दशै नजिकिदै गर्दा बढी मुल्यमा बेच्नलाई भारतबाट नेपालगन्ज ल्याइदै गरिएका लाखौं मुल्य बराबरका महिलाहरुको लागि प्रयोग हुने लत्ता कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आज बिहान ४ बजे नेपालगन्ज वडा नम्बर १५ पिपरा गाउँबाट उक्त महिलाहरुले प्रयोग गर्ने कपडासहित तस्करीमा प्रयोग भएको अटोरिक्सालाई समेत बरामद गरेको हो। बरामद गरिएका कपडाहरुमा ६१ हजार रुपैयाँ बराबरको लेडिज सुट ६१ थान, ९०३०० रुपैयाँ बराबरको लेडिज कुर्ती १२९ थान बरामद गरेको छ। त्यस्तै १४४०० रुपैयाँ बराबरको १२० थान लेडिज सल र १ लाख ५ हजार बराबर मुल्यको भे १ स ७१६६ नम्बरको अटोरिक्सा बरामद गरेको हो।
सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको टोलीले बरामद गरेका कपडा
भारतबाट कपडा ल्याउदै गरेका तस्करहरुले सशस्त्र प्रहरीलाई देख्ना साथ अटोरिक्सा र कपडा छोडेर भागेको सशस्त्र प्रहरीले बताएको छ।
त्यस्तै सशस्त्र प्रहरीको कालाबन्जार बिओपीले पनि आज बिहान २ बजे नेपालगन्ज वडा नम्बर १५ नयाँबस्तीबाट लेडिज कपडा बरामद गरेको छ। बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको कमान्डको टोलीले भारतबाट ल्याइदै गरिएका ६० हजार ९०० रुपैयाँ बराबरका ५० पिस लेडिज सुट, ५२ पिस लेडिज कुर्ती र ५१ पिस पलाजु बरामद गरेको हो।
दुबै टोलीले बरामद गरिएको सबै अवैध सामाग्रीको मुल्य ३ लाख ३१ हजार ६ सय रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेले जानकारी दिएको छ।बरामद गरिएका सबै सामाग्रीलाई आजै नेपालगन्ज भन्सार पठाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]