०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

अनुमति नलिइ प्रहरीको पोशाक लगाएर भिडियो र टिकटक बनाए कारवाही हुने

Logo
प्रकाशित शुक्रबार, आश्विन २३, २०७७

सागर थापा
काठमाडौं नेपालमा अब स्वीकृति नलिई नेपाल प्रहरीको पोशाक, दर्ज्यानी चिह्न र मोनोग्राम प्रयोग गर्न पाइने छैन। नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय, जनसम्पर्क तथा प्रचार–प्रसार इकाइले स्वीकृति नलिई नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक, दर्ज्यानी चिह्न र मोनोग्राम प्रयोग नगर्न, नगराउन आग्रह गरेको हो। बिहीवार एक विज्ञप्ति प्रकाशित गर्दे नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक कुवेर कडायतले चलचित्र, टेलिचलचित्र, म्युजिक भिडियो र टिकटकमा प्रहरीको पोशाक लगाएर भिडियो बनाउन नपाइने उल्लेख गरेका छन्।
प्रहरीको अनुमति बेगर पोशाक दुरुपयोग गरिए प्रचलित कानूनबमोजिम कारवाही हुने विज्ञप्तिमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!