१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

बाँके प्रहरीले १० लाख बराबरको मोबाईल गोदाममा छापा

Logo
प्रकाशित शुक्रबार, आश्विन २३, २०७७

महेन्द्र सिंह बाँके नेपालगन्ज भन्सार छलि भित्र्याएको मोबाईल राखेको गोदाममा बाँके प्रहरीले शुक्रबार दिउँसो छापा हानेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको  टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२, कोरियनपुरमा रहेको सुशिल कुमार ठठेरले लुकाई राखेको मोबाईल गोदाममा छापा हानेका हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाको अनुसार भन्सार छलि गरि भित्र्याइएका मोबाईल र मोबाईल पार्टसहरु बरामत गरिएकोछ । प्रहरीले करिब दश लाख मूल्य बराबरको मोबाइल र मोबाइलको सामाग्री सहित  ठठेरलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याइएको जानकारी दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]