२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

बाँके प्रहरीले १० लाख बराबरको मोबाईल गोदाममा छापा

Logo
प्रकाशित शुक्रबार, आश्विन २३, २०७७

महेन्द्र सिंह बाँके नेपालगन्ज भन्सार छलि भित्र्याएको मोबाईल राखेको गोदाममा बाँके प्रहरीले शुक्रबार दिउँसो छापा हानेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको  टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२, कोरियनपुरमा रहेको सुशिल कुमार ठठेरले लुकाई राखेको मोबाईल गोदाममा छापा हानेका हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाको अनुसार भन्सार छलि गरि भित्र्याइएका मोबाईल र मोबाईल पार्टसहरु बरामत गरिएकोछ । प्रहरीले करिब दश लाख मूल्य बराबरको मोबाइल र मोबाइलको सामाग्री सहित  ठठेरलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याइएको जानकारी दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।