२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

शिवालिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा श्रेष्ठ चयन

Logo
प्रकाशित शनिबार, आश्विन २४, २०७७

तेज वली
दाङ तुलसीपुरमा संचालित शिवालिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार सम्पन्न १४औं साधारणसभाले अनुप कुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नया संचालक समिति चयन गरेको छ ।
साधारणसभाले उपाध्यक्षमा देव वहादुर केसी, सचिवमा तुफानबाबु श्रेष्ठ र कोषाध्यक्षमा खुम बहादुर न्यौपानेलाई सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी साधारणसभाले शोभा गौतम, वेणु अधिकारी, विष्णु खत्री, शरण थापा र डम्वर विसिलाई संचालक समितिको सदस्यमा चयन गरेको हो । त्यसैगरी लेखासमिति संयोजकमा धन बहादुर बुढाथोकी र ऋण उपसमिति संयोजकमा श्याम घलेलाइ चयन गरिएको हो ।
संस्थाका अध्यक्ष विजय केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष टोप वहादुर केसीको प्रमुख आतिथ्यमा संपन्न साधारणसभामा उत्कृष्ट ऋणिहरुका तर्फबाट लिलाधर शर्मा र टिका पाण्डेलाई सम्मानित गरिएको थियो । अनुपकुमार श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको साधारणसभामा सचिवको प्रतिवेदन देव वहादुर केसी र कोषाध्यक्षको प्रतिवेदन तुफानबाबु श्रेष्ठले प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।