१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

शिवालिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा श्रेष्ठ चयन

Logo
प्रकाशित शनिबार, आश्विन २४, २०७७

तेज वली
दाङ तुलसीपुरमा संचालित शिवालिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार सम्पन्न १४औं साधारणसभाले अनुप कुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नया संचालक समिति चयन गरेको छ ।
साधारणसभाले उपाध्यक्षमा देव वहादुर केसी, सचिवमा तुफानबाबु श्रेष्ठ र कोषाध्यक्षमा खुम बहादुर न्यौपानेलाई सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी साधारणसभाले शोभा गौतम, वेणु अधिकारी, विष्णु खत्री, शरण थापा र डम्वर विसिलाई संचालक समितिको सदस्यमा चयन गरेको हो । त्यसैगरी लेखासमिति संयोजकमा धन बहादुर बुढाथोकी र ऋण उपसमिति संयोजकमा श्याम घलेलाइ चयन गरिएको हो ।
संस्थाका अध्यक्ष विजय केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष टोप वहादुर केसीको प्रमुख आतिथ्यमा संपन्न साधारणसभामा उत्कृष्ट ऋणिहरुका तर्फबाट लिलाधर शर्मा र टिका पाण्डेलाई सम्मानित गरिएको थियो । अनुपकुमार श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको साधारणसभामा सचिवको प्रतिवेदन देव वहादुर केसी र कोषाध्यक्षको प्रतिवेदन तुफानबाबु श्रेष्ठले प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेका छन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौंको छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । केही दिनअघि घर बिदामा काठमाडौं आएका उनी बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको उनका पति डा.कविराज भण्डारीले प्रहरीसमक्ष बयान दिएका छन् ।कपडाको सलले पासो लगाएर झुण्डिएको […]

(एबिसि संचार )                                                                वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ […]

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।