०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

झापामा श्रीमानले श्रीमतिको खुकुरी प्रहार गरि हत्या

Logo
प्रकाशित शनिबार, आश्विन २४, २०७७

विबेक गाहा   झापा कमल गाँउपालिका वडा नम्बर २ त्रिवेणी चोकमा बस्ने ३४ वर्षीय रामजी थापाले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।
थापा १ महिना अगाडि मात्र बैदेशिक राेजगारीबाट स्वदेश फर्किएका हुन् । उनले सामान्य घरायसी विवादमा आक्रोसित भएर घरैमा राखेको खुकुरी निकालेर घाँटीमा प्रहार गर्दा २४ वर्षीय रिता थापाको घटना स्थलमै मृत्यु भएको थियाे । शनिबार पौने पाँच बजे भएको उक्त घटनामा संलग्न थापालाई प्रहरी चौकी तोपगाछीले घटना स्थलबाटै नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यलय झापाका अनुसार घटनाको अनुसन्धान भईरहेकोले थप विवरण आउन बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!