०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके सशस्त्र प्रहरीले लाखौं मूल्य बराबरको अबैध सामान पक्राउ

Logo
प्रकाशित आइतबार, आश्विन २५, २०७७

महेन्द्र सिंह बाँके                                                 सशस्त्र प्रहरी बल विओपी जमुनाहले नेपाल भारत सीमानाकाबाट ९० हजार ४ सय रुपैयाँ मूल्य बराबरको अबैध सामान बरामद गरेकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५, टंकपसरी स्थित दशगजा नजिक भारतबाट नेपालतर्फ ल्याउदै गरेको अबैध सामाग्री सशस्त्र प्रहरीले बरामद गरेको हो ।
मोटरसाईकल पार्टस्, जुत्ता, पेन्ट, थान कपडा र केही खाद्यान्नका समानहरु सशस्त्र बल विओपी जमुनाहबाट खटि गएको सहायक प्रहरी निरीक्षक कमलविक्रम रेउलेको टोलीले उक्त सामान बरामद गरेको थियो ।
रेउलेको कमाण्डमा गस्तीमा गएको सशस्त्र प्रहरीलाई देखेपछि तस्कर उक्त अबैध सामान त्यही छाडेर भागेका थिए ।
मोटरसाईकल पार्टस्, जुत्ता, पेन्ट, थान कपडा र केही खाद्यान्नका समानहरु आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

error: Content is protected !!