०२ भाद्र २०८२, सोमबार
18-08-2025 , Mon
×

श्रेष्ठ लुम्बिनी प्रदेशबाट महासंघको केन्द्रीय सदस्यको उम्मेदवारमा निश्चित

Logo
प्रकाशित बिहिबार, आश्विन २९, २०७७

महेन्द्र सिंह
बाँके नेपालगन्ज व्यवसाय र उद्योग वाणिज्य महासंघको राजनीतिमा लामो समयदेखि सक्रिय नेपालगन्जकी रचना श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निश्चित भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघले उनलाई उम्मेदवारका रुपमा अगाडी सार्ने निर्णय गरेको छ ।
श्रेष्ठ दुई दशकदेखि व्यवसायमा र डेढ दशकदेखि नेपालगन्ज उद्योग वाणिज्य संघमा सक्रियतापूर्वक लागिरहेकी महिला व्यवसायी हुन ।
नेपालगन्जको व्यवसायीक राजनीतिमा सक्रिय महिलाको सूचीमा सबैभन्दा अगाडी श्रेष्ठकै नाम आउँछ ।
श्रेष्ठले २०५६ सालमा व्यवसाय शुरु गरेकी थिइन । उनको पानी उद्योग अहिले पनि सन्चालनमा छ ।
२०६३ सालबाट श्रेष्ठले नेपालगन्ज उद्योग वाणिज्य संघबाट व्यवसायीक राजनीतिक शुरु गरेकी हुन ।
दुई पटक संघको कार्यसमिति सदस्य, एकपटक उपमहासचिव हुँदै साविकको क्षेत्रीय समिति सदस्यमा चुनाव लडेर जितिन ।
नेपालगन्ज उद्योग वाणिज्य संघ मात्र नभई महासंघको निर्वाचनमा श्रेष्ठले सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गर्दै आएकी छन् ।
पुख्र्यौली घर पाल्पा भएपनि उनको जन्म र कर्म भने नेपालगन्जमै रह्यो । राससका तत्कालिन क्षेत्रीय प्रमुख रहेका उनका पिता मुनिन्द्रलाल श्रेष्ठ चर्चित पत्रकार हुन । आमा मिना श्रेष्ठ समेत व्यवसायीक क्षेत्रमा सक्रिय छिन् ।
यसपटकको चुनावमा लुम्बिनी प्रदेशका उद्योग वाणिज्य संघका उम्मेदवारले सर्बसम्मतरुपमा चुनाव जिताउन सक्ने आकल गरिएको छ ।
लामो समयदेखि व्यवसायीक राजनीतिक इतिहास बोकेकी महिला व्यवसायी रहेका कारण उनलाई जिताउने सम्भावना छ । उनलाई सर्बसम्मत गराउने गरी पहल भइरहेको छ । लामो समयदेखि व्यवसाय र व्यवसायीक राजनीतिक क्षेत्रमा सक्रिय महिला व्यवसायीलाई सर्बसम्मत केन्द्रीय सदस्य बनाउने धेरैको अपेक्षा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!