२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा पहिलो पटक भेटियो रंगिन उड्ने साप स्थानीयले मारिदिए

Logo
प्रकाशित बिहिबार, आश्विन २९, २०७७

सागर थापा
दाङ घोराही उपमहानगरपालिका वडा २ सुर्केडाँगीमा फेला परेको उक्त सर्प स्थानीयले मारेका हुन्।
विगत तीन वर्षदेखि सर्पको उद्धार गर्दै आएका घोराहीका वसन्त सुवेदीले आफू पुग्दा जिल्लामा पहिलो पटक फेला परेको अर्नेट फ्लाईङ स्नेकलाई स्थानीयले मारिसकेको अवस्थामा फेला परेको जानकारी दिए। मारेको सर्पको लम्बाइ झन्डै डेढ मिटरसम्म लामो रहेको उनले बताए।
अंग्रेजीमा ‘अर्नेट फ्लाइङ स्नेक’ भनिने यो सर्प एउटा रूखबाट अर्को रूखमा सहजै हाम फालेरै जाने हुँदा यसलाई सर्वसाधारणले उड्ने सर्प पनि भन्ने गर्छन्।
सुवेदीका अनुसार यो सर्पले सोझै बच्चा जन्माउँछ। अन्यथा अधिकांश सर्पले सन्तान उत्पादनका लागि अण्डा पार्ने गर्छन्।
हेर्दा निकै सुन्दर देखिने यो सर्पको बासस्थान तराईका वन जंगल तथा पहाडी क्षेत्र हो। तर बढी यो सर्प तराईमा पाइने सुवेदीले बताए।
‘कतिपय स्थानीयले यो सर्पलाई देखेपछि भगवान डुमेनी सर्प भनेर पूजा गर्नुपर्ने राय पनि राखेछन्,’सुवेदीले भने ‘सर्प घरको पर्खालमा चढ्न थालेपछि त्यसले मान्छेलाई टोक्छ भन्ने ठानेर स्थानीयले मारिदिए छन्।’
सुर्केडाँगीका एकजनाले उनलाई अनौंठो सर्प देखिएको भनेर उद्धारको लागि फोन गरेर बोलाएको भए पनि आफू बिहान ११ बजेतिर पुग्दा नबुझेर स्थानीयले सर्प मारिसकेको अवस्थामा फेला परेको सुवेदीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।