१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

सरकारले मन्त्रिपरिषदमा हेरफेर पौडेल अर्थमन्त्री सञ्चारमा गुरूङ

Logo
प्रकाशित बिहिबार, आश्विन २९, २०७७

ABC Sanchar
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नयाँ मन्त्रिहरुको नियुक्ती र जिम्मेवारी हेरफेर गर्नुभएको हो ।
नयाँ थपिएका मन्त्रीहरुमा विष्णु पौडेल अर्थमन्त्री, कृष्णगोपाल श्रेष्ठ शहरी विकास र पार्वत गुरुङ्लाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । त्यस्तै, उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी हेरफेर गरिएको छ । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैसँग राख्नुभएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
यसअघि गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्थ्यो । सो मन्त्रालयको जिम्मेवारी लिलानाथ श्रेष्ठले पाउनुभएको छ । तीनवटा मन्त्रीहरु थपिनु भएपछि अब मन्त्रालयको संख्या २५ पुगेको छ ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा भनिएको छ, “२०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ती हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद गठन गर्नुभएको छ ।”
नयाँ जिम्मेवारी पाउनुभएको मन्त्रीहरुको शपथ कार्यक्रम विहिबार विहान ११ः३० बजे हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]