२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

झापाको श्री नवदुर्गा मन्दिरको नयाँ सञ्चालक समिति गठन

Logo
प्रकाशित बिहिबार, आश्विन २९, २०७७


विबेक गाहा झापा                                              जिल्लाको पूर्वी दक्षिणी क्षेत्रमा रहेको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ साविक जलथल गाविस वडा ६ को बढाबारी बजार जुन गाविस केन्द्रविन्दु को रुपमा परिचित क्षेत्रमा वि सं २०३९सालतिर तत्कालीन प्रधानपञ्च हाल स्व.केशव कन्दङ्वा एवम उपप्रधानपञ्च स्व: रामकुमार राजवंशी को राजवंशीको अगुवाइमा बनेको प्राचीन नव दुर्गा मन्दिरको नौ सदस्यीय नव कार्यसमिति मिति २०७७/६/२९ गते बाट कार्यभार को जिम्मेबारी वहन गरी सञ्चालनमा हेतु गठन भएको छ विगतमा जलथल गाविसकै इतिहासका झल्काउने गरेको महत्व बोकेको उक्त प्राचीन दुर्गा भगवतीको बडादसैं ताका प्रत्येक वर्ष नियमित पूजापाठ एवं सप्तमीदेखि मेलाको आयोजना हुनुको साथै नवमी र बृहत मेलाको आयोजना संगै प्राचीन सन्थाल जातिको परम्परागत नृत्य प्रदर्शन प्रतियोगितामा दर्जनौ समुहहरु सहभागी गर्ने गरिन्थ्यो जलथल बासीहरु वर्षैभरि जो जहाँ रही गरी खाए पनि यहीको अविस्मरणीय मेलाकै अवलोकन हेतु घर फर्किने साथ नवदुर्गा भवानीलाई शक्तिको रुपमा मान्दै विभिन्न भाकल हरु गर्ने कबोल अनुरूप फल प्राप्ती पक्षात अनिबार्य ऊर्जा पुर्जा अर्चना गर्ने परम्पराले जीवन्त पाउने गर्दथ्यो समय अनि देशमा राजनैतिक परिवर्तन सँगसँगै संस्थापक अध्यक्षः स्व कन्दङ्वा को देहांत सँगै ओझेलमा पर्दै गएको उक्त मन्दिर लगायतका मेला आयोजनामा आर्थिक अभाब अनि अपारदर्शी मतभेद पूर्ण आर्थिक विनियोजनको काराण दिनप्रतिदिन ओझेलमा पर्दै गएको छ बि सं२०३९ सालमा तत्काल टीनको छाना र काठको बेरा ले घेराउ गरिएको मन्दिरलाई स्थानीय बासिन्दा को प्रत्यक्ष सहयोगमा हाल पक्की मन्दिर निर्माण गर्नुका साथै बर्सेनि लाग्ने मेला आयोजनामा बडा बारी बजारका स्थानीय व्यापारीको अतुलनिय योगदान भएपनि स्थानीय सरकारबाट प्राचीन संस्कृति सन्दर्भहेतु यस नवदुर्गा मन्दिरकाे लागि गरी कुनै किसिमको उल्लेखनीय काम साथै यी गाउँपालिकाको वार्षिक बजेट विनियोजन ले समेट्न सपोर्ट छैन सकेको छैन तत्काल नवनिर्माण संचालन समितिलाई चुनौतीपूर्ण अभिभारा सामना गर्नुपरे तापनि अध्यक्षमा हरिमाया घिमिरे उपाध्यक्षमा सीताराम कोइराला सचिवमा नितेश्वर सहसचिव भागिरथ दाहाल (भावना) कोषाध्यक्ष मा पम्फा पौडेल सहयोग सहित सदस्यहरुमा गीता सुवेदी डिल्लीमाया खरेल देवीमाया चिमरिया र जगन्नाथ चम्लागाई लाई सर्वसम्मत रूपमा चयन गरिएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!