०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

६५ औं ‘प्रहरी दिवस बाँके प्रहरीले भब्यताको साथमा मनायो

Logo
प्रकाशित शुक्रबार, आश्विन ३०, २०७७

महेन्द्र सिंह   बाँके                                                    ६५ औं प्रहरी दिवसको अवसरमा बाँके प्रहरीले कार्यालय परिसरमा ‘प्रहरी दिवस’ मनाएको छ ।प्रहरीले पहिलो पटक कार्यालय परिसरमा जिल्ला भित्रका अमर प्रहरीहरुको स्मारक निर्माण गरी उनिहरुप्रति उच्च सम्मानका साथ सम्झनुका साथै श्रद्धाञ्जली अर्पण गर्दै ६५औं प्रहरी दिवस मनाएको हो । यस भन्दा अगाडी बाँके प्रहरीले प्रहरी तालिम केन्द्रमा प्रहरी दिवस मनाउदै आएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जनसेवा र राष्ट्रहितका लागि काम गर्दागर्दै बलिदानी दिन पुगेका अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै गर्विलो इतिहास बोकेको प्रहरीको काम तथा क्रियाकलापप्रति उच्च सम्मान रहेको बताए ।
उनले नेपालमा सबै भन्दा बढी खटेर काम गर्ने नेपाल प्रहरी भएको भन्दै पछिल्लो समयमा बाँके प्रहरीले सक्रियताका साथ गर्दै आएको कार्यको स्रहाना गरे । ‘प्रहरीकै सक्रियतामा अहिले बाँकेमा तस्करी नियन्त्रण, भन्सार राजस्वमा बढोत्तरी, लागू औषध नियन्त्रण, अपराध नियन्त्रणमा उल्लेख प्रगति भएको छ ।’ – प्रजिअ कुरुम्बाङले भने । ‘४ महिनाको अबधिमा बाँके प्रहरीले खुंखार अपराधीसहित झन्डै ४ सय अपराधीलाई पक्राउ गरी अदालत समक्ष बुझाएको छ यो प्रहरीको ऐतिहासिक काम हो ।’
लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक राम प्रकाश शाहले स्वागत गरेको उक्त कार्यक्रममा पुर्व प्रहरी नायब उपरीक्षक ज्योती प्रसाद श्रेष्ठ, अमर प्रहरी परिवार तथा अशक्त प्रहरी परिवारका अध्यक्ष शेरबहादुर बस्नेत, अमर प्रहरीका तर्फबाट एकमाया बिक, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष रुपा गहतराज लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रमुख अतिथि, अतिथि, पुर्व प्रहरी, अमर तथा अशक्त प्रहरी परिवार लगायतले अमर प्रहरी स्मारकामा माल्यार्पण गरेका थिए । सङ्गसङ्गै बटुकहरुद्वारा वैदिक मन्त्रोच्चारणका साथै शोक सलामी अर्पण गरिएको थियो ।
सम्मान तथा पुरस्कार बितरण
कार्यक्रममा ८६ जना अमर प्रहरी परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी, ज्येष्ठ पुर्व प्रहरी कर्मचारी, प्रहरीलाई जग्गा दान गर्ने ५ जना जग्गादाता, प्रहरीको कार्यमा सहकार्य गरी योगदान दिएका व्यक्तिहरुलाई कदरपत्रका साथ सम्मान गरिएको थियो ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाईमा रही उत्कृष्ट कार्य गर्ने विभिन्न १३ जना प्रहरीलाई पुरस्कृत गरिएको थियो । प्रहरी दिवसको अवसर पारेर आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगिता अन्तर्गतका बिजेताहरुलाई पनि सो कार्यक्रममा पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बाँकेका प्रजिअ रामबहादुर कुरुम्बाङ, नेपाल प्रहरीका प्रहरी उपरीक्षक राम प्रकाश शाह, सशस्त्र प्रहरी उपरीक्षक अशोक बहादुर बम, राष्ट्रिय अनुसन्धानका उप-निर्देशक नरेन्द्र राज गिरी, अमर तथा अशक्त प्रहरी परिवारका पदाधिकारी एवं सदस्य, भुतपुर्व प्रहरीका पदाधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, प्रहरीका सिनियर तथा जुनियर अधिकृत, जवान लगायको उपस्थिति रहेको थियो ।
प्रहरी निरीक्षक हृदेश सापकोटाले संचालन गरेको कार्यक्रममा प्रहरी महानिरीक्षक सैलेश थापा क्षेत्रीद्वारा जारी गरिएको शुभकामना सन्देश प्रहरी नायव उपरीक्षक सुवास खड्काले वाचन गरेका थिए ।
नेपाल प्रहरीले बिक्रम सम्बत २०१२ सालमा जारी भएको प्रहरी ऐन पश्चात् बिधिबत रुपमा हालको संरचना स्थापना भएको स्मरण गर्दै प्रहरी दिवस मनाउदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!