२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना लागु सयौं प्रहरी परिचालन

Logo
प्रकाशित शुक्रबार, आश्विन ३०, २०७७

सागर थापा
दाङ जिल्ला प्रहरी कार्यालय दाङले जिल्लामा चाडपर्व विषेश सुरक्षा योजना लागु गरेको छ । हिन्दु नेपालीहरुको महान पर्व वडा दशैं, तिहार तथा छठपर्वको समयमा हुन सक्ने अपराधिक कार्यलाई रोक्न उक्त सुरक्षा योजना लागु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार विभिन्न युनिटमा प्रहरी परिचालन गरि चाडपर्वको समयमा १ सय ९ जना प्रहरी परिचालन गरिने छ । उक्त सुरक्षा योजना अुनसार जिल्लाभर रातको समयमा ३० ठाउँमा सवारी चेकजाँच, २४ सौँ घण्टा पैदल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, दाङका मुख्य नाकामा चेकजाँचका साथै दिउँस तथा रातको सयमा हुन सक्ने चोरी, डकैती,जुवातास, लुटपाटलाई लक्षित गरि आकस्मितक कर्ड एण्ड सर्च अपरेसन समेत सञ्चालन गरिने छ। यसैबीच जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्वको सयमा घरमा चोरी डकैती हुन सक्ने भन्दै सतर्क हुन आम नागरिकलाई आग्रह गरेको छ । घर बाहिर निस्कदा झ्याँल ढाका राम्रोसँग लगाउन, सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गर्न, जथाभावी मादक पदार्थ नबेच्न र सेवन नगर्न साथै कोरोना जोखि रहेको भन्दै सामाजिक दुरी कायम गर्न र घरमै बसेर मनाउन कार्यालयको आग्रह छ । यस्तै कुनै पनि घटना भएमा वा घटना हुन सक्ने आशंका भएमा नजिकको प्रहरी कार्यालय वा १०० फोन नर्ग पनि प्रहरीले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]