२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

सल्यानमा भाइद्रारा दाइको हत्या

Logo
प्रकाशित शुक्रबार, आश्विन ३०, २०७७

मनाेज डाँगी
सल्यानमा आफ्नै भाइले दाइको हत्या गरेका छन । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा न १० थापाचौरको २१ वर्षीय भाइ देवीलाल पुनले आफ्नै २४ बर्षिया दाइ अमर पुनको हत्या गरेको वडाअध्यक्ष मानसिंह पुरीले जानकारी दिनुभयो । घरको सामान्य बिवाद कारण झगडा हुदाँ दाउराले हिरकाएर भाइले दाइको हत्या गरेको जनाइएको छ ।
बिहीबार साँझ भाइले दाइको हत्या गरेर शव गाउँ नजिकैँको जोगेन्द्र भन्ने जंगलको ओढारमा फालेको अबस्थामा आज भेटिएको जनाईको छ । घटनाका बारेमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटना स्थलमा तर्फ गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरी टोली घटना स्थलमा पुगेपछि थप वितरण आउने प्रहरी प्रमुख, डिएसपि गोबिन्द थापा क्षेत्रीले जानकारी दिएका छ्न । भाइ अहिले फरार रहेको र भाइको खोजी कार्य जारि भइरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।