१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

सल्यानमा ६५ औ प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, कार्तिक ०१, २०७७

मनाेज डाँगी
सल्यानका प्रमुख जिल्ला अधिकारी हेमराज तामाँगले जिल्लामा शान्ती सुरक्षा कायम राख्न सल्यान प्रहरीको भुमिका प्रशँसनीय रहेको बताउनु भएको छ ।जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजनामा ६५ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तामाँगले यस्तो बताउनु भएको हो ।
कार्यक्रमलाइ प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी तामाँगले जिल्लामा मानवअधिकारको संरक्षण तथा शान्ती शुरक्षा कायम राख्न प्रहरीले हालसम्म खेलेको भुमिकाको प्रशंसा गर्दै उहाँले आामी दिनमा पनि यस कार्यलाइ निरन्तरता दिन आग्रह गर्नु भयो ।
उहाँले अपराध रहति समाज निर्माण गर्न थप उर्जाशील भएर लाग्न मातहतका सबै प्रहरी कार्यालयहरुलाइ निर्देशन समेत दिनुभयो ।सो अवसरमा उहाँले अमर प्रहरीका आश्रित परिवारलाइ दोसल्लाद्दारा सम्मान तथा पुर्व प्रहरीलाइ खादा ओढाएर सम्मानित गर्नु भयो ।
यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाले जिल्ला प्रहरीलाइ सहयोग गरेर यो स्थान सम्म पुर्याउने सबैलाइ धन्यवाद व्यक्त गर्नुभयो।उहाँले अहिलेको अवस्थामा शान्ती सुरक्षा संगै कोभिड–१९मा समेत प्रहरीले अग्रपंग्तीमा रहेर काम गर्नुपर्ने भएकाले थप चुनौतीको सामना गर्न समेत प्रहरी तयारी अवस्थामा रहेको बताउनुभयो ।
प्रहरी दिवशको अवसरमा आयोजित कार्यक्रममा प्रहरीलाइ जग्गा प्रदान गर्ने जग्गादाता,प्रहरीको सहयोगी संस्था तथा सर्वसाधारण, कार्यसम्पादनमा उत्कृष्ट प्रहरी कर्मचारी लगायतका लाइ सम्मान गरिएको थियो । कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी इन्सपेक्टर लक्ष्मण वलीले गर्नु भएको थियो । कार्यक्रममा शहिद प्रहरीको शालीकमा माल्यार्पण समेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]