०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

पहिलो पटक चितवन मेडिकल कलेजमा कृत्रिम गर्भाधानबाट बच्चा जन्मियो

Logo
प्रकाशित शनिबार, कार्तिक ०१, २०७७

राकेश श्रेष्ठ
चितवन मेडिकल कलेज भरतपुरमा पहिलो पटक कृत्रिम गर्भाधान विधिबाट बच्चा जन्मिएको छ ।
विगत १५ वर्षदेखि सन्तान हुन नसकेको भरतपुरका दम्पतीको कृत्रिम गर्भाधान विधिबाट शनिबार छोराको जन्म भएको अस्पतालले जानकारी दिएको छ ।
प्रसुती विभागका डाक्टर रेनुका ताम्राकारको टीमले शल्यक्रिया गरी बच्चाको जन्म दिएको हो ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालले शनिबार गत वर्ष माघमा कृत्रिम गर्भाधान गरिएको र शल्यक्रियामार्फत शिशु जन्मिएको जानकारी दिए । अस्पतालले चितवनमै पहिलोपटक कृत्रिम गर्भाधानबाट शिशु जन्माइएको दाबी गरेको छ ।
शल्यक्रियाबाट जन्माइएको शिशु र आमाको स्वास्थ्य सामान्य रहेको डा. लम्सालले बताए ।कृत्रिम गर्भाधान सेवा लिएका पहिलो दम्पत्तीबाट बच्चा जन्माउन सफल भएको अस्पतालको दाबी छ । दुई वर्षअघि यो सेवा सुरु गरेको अस्पतालले अन्य केही दम्पत्तीको समेत कृत्रिम गर्भाधान सेवा दिएको जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!