२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

बाँके प्रशासनले तिहारमा देउसी भैलो खेल्न प्रतिबन्ध लगायो

Logo
प्रकाशित शनिबार, कार्तिक ०१, २०७७

महेन्द्र सिंह
जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै यो पटक देउसी भैलो नखेल्न अनुरोध गरेको छ । प्रशासनले निर्णयबिरुद्ध देउसी भैलो खेलेको पाइएमा कारवाही गर्नेसमेत चेतावनी दिएको छ ।
साथै दशैं अवसरमा गरिने शुभकामना आदानप्रदान कार्यक्रममा समेत रोक लगाइएको छ । यस्तै कुनै पनि राजनीतिक दल, संघ संस्था भेला भइ गरिने क्रियाकलापमा समेत रोक लगाइएको प्रशासनको सूचनामा उल्लेख छ ।
चाडपर्वका अवसर पारेर कुनै राजनीतिक दल, संघ, संस्था, समूह तथा संजालहरुले भेला भइ गरिने शुभकामना आदानप्रदान, देउसी भैलो, खेलकुदलगायतका क्रियाकलाप सञ्चालन नगर्न सूचनामार्फत अनुरोध गरिएको छ ।
प्रशासनले जारी गरिएका निर्णयको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई प्रचलित कानूनअनुसार कारवाही हुने चेतावनी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!