०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

पूर्व IGP खरेलले प्रहरी सन्ततीका लागि ११ लाखको अक्षयकोष स्थापना

Logo
प्रकाशित शनिबार, कार्तिक ०१, २०७७

ABC क्राइम ब्युरो
काठमाडौं नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक (आईजीपी) अच्युतकृष्ण खरेलले नेपाल प्रहरीका सन्ततीका लागि ११ लाखको छात्रवृत्ति अक्षय कोष स्थापना गरेका छन् ।
अमर प्रहरीका सन्तानको शिक्षाका निम्ति एक छात्रा र एक छात्रलाई जनही ३० हजारका दरले बार्षिक रुपमा छात्रवृत्ति दिनेगरी प्रहरी प्रधान कार्यालयसँग खरेलले सम्झौता पनि गरेका छन् ।
खरेलले कर्तब्य पालनाका क्रमममा वीरगति विरगति प्राप्त गर्ने जवान, हवलदार, सहायक निरीक्षक, नायव निरीक्षकका सन्तानलाई उक्त छात्रवृत्ति प्रदान गर्ने ध्येयले सम्म्झौता गरेका हुन् ।
६५ औं प्रहरी दिवसका अवसरमा खरेलले यस्तो सम्झौता गरेका हुन् । नेपाल प्रहरीको इतिहासमा उनलाई सर्वमान्य आईजीपी मानिन्छ । प्रहरीभित्रको बेथिती र राजनीतिको कोपभाजनबारे उनले खुलेरै भन्ने गरेका छन् भने पुस्तकमार्फत सार्वजनिक समेत गरेका छन् ।
“अच्युत-मिना अमर प्रहरी पुरस्कार’ नाम दिइएको उक्त कोषका लागि पूर्व प्रहरी महानिरीक्षक खरेलले प्रतिवर्ष छात्रवृत्ती अन्तर्गत ६० हजार र सम्मानपत्र तयार गर्न ४ हजार गरी ६४ हजार उपलब्ध गराउने सहमती भएको छ ।
खरेलले यो अमर कामलाई मृत्युपर्यन्त समेत जारी रख्ने भएका छन् । अच्युत–मिनाका सन्तान डा. आयुष र डा. चाँदनीले ११ लाखको नेपाल प्रहरी संगठनसँग व्यक्तिगत सम्झौता गरी छात्रवृत्ती कोषको स्थापना गर्ने पहिलो व्यक्ति हुन् ।
यसअघि पनि नेपाल प्रहरीका चारै क्षेत्रीय स्कुलमा विभिन्न कालखण्ड र विभिन्न पदमा रहँदा खरेलले संगठनका जवान, हवलदारका गरिव तथा जेहन्दार सन्तानलाई अक्षयकोष उपलब्ध गराएका थिए ।
२०५७ सालमा अवकाश लिएका खरेल तत्काल प्राप्त मासिक पेन्सन ८, ५११ पनि संगठनका सिपाही, हवलदारका गरिव एवम् जेहन्दार सन्तानलाई प्रत्येक महिना छात्रवृत्ती स्वरुप प्रदान गर्ने भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!