०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

पूर्व IGP खरेलले प्रहरी सन्ततीका लागि ११ लाखको अक्षयकोष स्थापना

Logo
प्रकाशित शनिबार, कार्तिक ०१, २०७७

ABC क्राइम ब्युरो
काठमाडौं नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक (आईजीपी) अच्युतकृष्ण खरेलले नेपाल प्रहरीका सन्ततीका लागि ११ लाखको छात्रवृत्ति अक्षय कोष स्थापना गरेका छन् ।
अमर प्रहरीका सन्तानको शिक्षाका निम्ति एक छात्रा र एक छात्रलाई जनही ३० हजारका दरले बार्षिक रुपमा छात्रवृत्ति दिनेगरी प्रहरी प्रधान कार्यालयसँग खरेलले सम्झौता पनि गरेका छन् ।
खरेलले कर्तब्य पालनाका क्रमममा वीरगति विरगति प्राप्त गर्ने जवान, हवलदार, सहायक निरीक्षक, नायव निरीक्षकका सन्तानलाई उक्त छात्रवृत्ति प्रदान गर्ने ध्येयले सम्म्झौता गरेका हुन् ।
६५ औं प्रहरी दिवसका अवसरमा खरेलले यस्तो सम्झौता गरेका हुन् । नेपाल प्रहरीको इतिहासमा उनलाई सर्वमान्य आईजीपी मानिन्छ । प्रहरीभित्रको बेथिती र राजनीतिको कोपभाजनबारे उनले खुलेरै भन्ने गरेका छन् भने पुस्तकमार्फत सार्वजनिक समेत गरेका छन् ।
“अच्युत-मिना अमर प्रहरी पुरस्कार’ नाम दिइएको उक्त कोषका लागि पूर्व प्रहरी महानिरीक्षक खरेलले प्रतिवर्ष छात्रवृत्ती अन्तर्गत ६० हजार र सम्मानपत्र तयार गर्न ४ हजार गरी ६४ हजार उपलब्ध गराउने सहमती भएको छ ।
खरेलले यो अमर कामलाई मृत्युपर्यन्त समेत जारी रख्ने भएका छन् । अच्युत–मिनाका सन्तान डा. आयुष र डा. चाँदनीले ११ लाखको नेपाल प्रहरी संगठनसँग व्यक्तिगत सम्झौता गरी छात्रवृत्ती कोषको स्थापना गर्ने पहिलो व्यक्ति हुन् ।
यसअघि पनि नेपाल प्रहरीका चारै क्षेत्रीय स्कुलमा विभिन्न कालखण्ड र विभिन्न पदमा रहँदा खरेलले संगठनका जवान, हवलदारका गरिव तथा जेहन्दार सन्तानलाई अक्षयकोष उपलब्ध गराएका थिए ।
२०५७ सालमा अवकाश लिएका खरेल तत्काल प्राप्त मासिक पेन्सन ८, ५११ पनि संगठनका सिपाही, हवलदारका गरिव एवम् जेहन्दार सन्तानलाई प्रत्येक महिना छात्रवृत्ती स्वरुप प्रदान गर्ने भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!