२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

कैलालीमा मेयर र उपमेयरबीच कार्यक्रम स्थलमै हात हालाहाल

Logo
प्रकाशित शनिबार, कार्तिक ०१, २०७७

राजन चौधरी
कैलालीको घोडाघोडी नगरपालिका मेयर ममता प्रसाद चौधरीले उद्घाटन गरेको वडा कार्यालयको भवनको शिलालेखमा उपमेयरले ढुंगा हानेकी छन् । शिलालेखमा आफ्नो नाम नदेखेपछि रिसाएकी उपमेयर प्रेमकुमारी थापाले ढुंगा हानेकी हुन् । कैलालीको तीन वटा वडाले आफ्नै भवन बनाएर उद्घाटन गरेका हुन् । नम्बर ७, ५ र १२ ले भवन निर्माण गरेपछि मेयर चौधरीवाट उद्घाटन गरिएको थियो ।
तर भवन उद्घाटन कार्यक्रममै ववाल भयो । मेयर र उपमेयरबीचको बीवाद सबैका सामुन्ने छताछुल्ला भएको हो । मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापाले विरोध गरेकी हुन् । शिलालेखमा आफ्नो नाम नदेखेपछि उनले विरोध गरेकी हुन् ।
शिलालेखमा मेयर र वडा पदाधिकारीको मात्र नाम लेखीएको थियो । जानी जानी उपमेयरको नाम छुटाइएको भन्दै उपमेयरले विरोध गर्दै शिलालेखमै ढुंगा हान्न पुगेकी हुन् । उनले मेयरविरुद्ध नाराबाजी गरिन्
शिलालेख परिवर्तन गरेर आफ्नो नाम समावेश नगर्दासम्म वडा कार्यालय उद्घाटन गर्न नदिने भन्दै विरोध गरेपछि उपमेयरको नाम समेत लेख्ने सहमति भएको छ । उद्घाटन कार्यक्रममै विवाद भएपछि वडाध्यक्ष धनबहादुर बमले मेयर र उपमेयर दुबैलाई जान आग्रह गरे । उनले मेयरवाट पनि भवन उद्घाटन नगर्ने आफै उद्घाटन गर्ने भन्दै कार्यक्रमवाट दुवैजनालाई जान आग्रह गरे । तर उपमेयर थापा भने कार्यक्रमवाट समेत गइनन् ।
मेयर ममताप्रसाद चौधरीले वडा नम्बर ७ को कार्यालय भवन उद्घाटन गर्ने क्रममा उपमेयर थापाले ढुङ्गाले सिलालेखमा बजारेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा मेयरले कार्यालय भवनको उद्घाटन गर्ने बितिकै उपमेयर थापाले सिलालेखमा ढुङ्गाले बजारेको देखिन्छ ।
मेयर चौधरीले उपमेयर थापाको हात हटाउँदै नगर्न भन्छन्। त्यती नै बेला कार्यक्रमै उपस्थित एक महिलाले के तरिका हो ? भन्छिन्। उपमेयर थापा रिसाउँदै ‘किन तरिका होइन् रु’ भनेर जवाफ फर्काइएको सुनिन्छ । मेयर चौधरीले हात हटाउँदै मर्यादाको पनि हद हुन्छ नी भन्दै बस्न आग्रह गर्छन्। तर उपमेयर उनको आग्रहलाई मान्ने पक्षमा देखिदैनन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।