२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

बाँकेमा थप ४ वटा बोर्डरमा विओपी पोष्ट स्थापना

Logo
प्रकाशित सोमबार, कार्तिक ०३, २०७७

महेन्द्र सिंह  बाँके                                             जिल्लाभर कालाबञ्जार, खडैंचा, जमुनाहा र कट्कुइँयामा स्थापना गरिएका विओपीको आज लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी प्रमुख किशोर प्रधानले उद्घाटन गर्नुभएको छ ।
विभिन्न विओपीहरुको उद्घाटनका क्रममा प्रधानले सशस्त्र प्रहरीले चोरी पैठारी, अवैध सामान ओसारपसार, चेलीबेटी बेचबिखन रोकथाम, सीमा सुरक्षा लगायतका कार्य गर्दै आएको बताउनुभयो । उहाँले अवैध तस्करी हुँदैछ भन्ने जानकारी पाएमा सशस्त्र प्रहरीलाई खबर गर्न स्थानीयलाई अनुरोध समेत गर्नुभयो । लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी प्रमुख प्रधानले थपिएका विओपीहरुले अवैध तस्करी रोकथाम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । “पानी समेत नभनी सशस्त्र प्रहरीले गरेको सीमा सुरक्षाका लागि धन्यवाद समेत दिन चाहन्छु,” उहाँले भन्नुभयो । मानव अधिकारको पालना गर्दै भारतको सीमा सुरक्षा बल लगायत स्थानीय र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुसंग समन्वय गरेर काम गर्न प्रधानले निर्देशन समेत दिनुभयो ।
विओपी उद्घाटन कार्यक्रममा बाँकेमा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ, बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर राना, सशस्त्र प्रहरी बाँके प्रमुख अशोक बम, अनुसन्धान बिभाग बाँके प्रमुख उपअनुसन्धान निर्देशक नरेन्द्रराज गिरी, डुडवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी, उपाध्यक्ष शाहिदा बानो, नेपाली सेनाका प्रतिनिधि लगायत उपस्थित हुनुहुन्थ्यो । उद्घाटन कार्यक्रममा बोल्दै प्रजिअ कुरुम्बाङले अवैध तस्करी रोक्न सबैको कर्तब्य हुने बताउनुभयो । उहाँले सीमामा बस्ने सशस्त्र प्रहरीले राम्रो कार्य गरिरहेको भन्दै अझ परिणाम निस्कने गरी कार्य गर्न निर्देशन समेत दिनुभयो ।
नेपालगञ्जस्थित जुमनाहा बिओपीको उद्घाटन कार्यक्रमको सहजीकरण बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक जीवननलाल बुढाले गर्नुभएको थियो । कालाबञ्जार बिओपी उद्घाटन कार्यक्रमको सञ्चालन बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक सन्तोष डाँगीले गर्नुभएको थियो । लुम्बिनी प्रदेश अन्तर्गत् सशस्त्र प्रहरीको बिओपीमा नेपालगन्जको कालबञ्जार भदौ महिनाको उत्कृष्ट बिओपी भएकाले सशस्त्र प्रहरी निरिक्षक डाँगीलाई धन्यवाद दिइएको थियो । त्यस्तै खडैंचा बिओपी उद्घाटन कार्यक्रमको सहजीकरण बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक विशाल पाण्डेले गर्नुभएको थियो । त्यस अवसरमा गाउँपालिकाका अध्यक्ष चौधरीले बिओपी स्थापनाले चोरी नियन्त्रण हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले खडैंचा बिओपीलाई गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।
कटकुइँया बिओपी उद्घाटन कार्यक्रमको सञ्चालन बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक धिरेन्द्र बडवालले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट आतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरमा रहेका सबै बिओपी तस्करी विरुद्ध कडारुपमा उत्रिएको भन्दै सशस्त्र प्रहरी जनतासंग हातेमालो गर्दै अगाडि बढेको बताउनुभयो । गाउँपालिका क्षेत्रभित्र रहेका ३ वटा बिओपीलाई गाउँपालिकाले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । डुडुवास्थित खडैचा बिओपी निर्माणमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुभएका सशस्त्र प्रहरी नायब निरीक्षक शिव रावत, सहयक निरीक्षक तिर्थ भाट क्षेेेेेेत्रीी लगायत १४ जनालाई सम्मानसहित नगद पुरस्कारले सम्मान गरिएको थियो।
उता शसस्त्र प्रहरी बल नेपाल ३१ नम्वर गणको बोर्डर आउट पोष्ट बर्दियाको मधुवन नगरपालिकाको वडा नम्वर ३ भगरैयामा लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधानले नै उद्घाटन गर्नुभयो । त्यस अवसरमा बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, मधुवन नगरपालिकाका मेयर गणेश क्षेत्री र सशस्त्र प्रहरी बल ३१ नम्वर गणका गणपति नरवहादुर रावलको पनि उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!