२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दशैलाई मध्यनजर गर्दै सघंसस्थाहरुले असाहायहरुलाई घरमै पुगेर सहयोग

Logo
प्रकाशित सोमबार, कार्तिक ०३, २०७७

तेज वली  तुल्सीपुर                                      नेपालीहरुको महानपर्व पर्ने समस्यालाइ मध्यनजरगर्दै
लायन्स क्लव अफ दाङ र लियो क्लब अफ दाङ तुलसीपुरले आफ्नो सामाजिक उत्तरदायित्वको अभियान अन्तर्गत सोमवार विभिन्न सिमान्तिकृत समुदायहरुलाइ सहयोग गरेको छ ।
आवस्यकता हेरेर नगद सहित न्याना कपडा, चामल, नुन, दाल, तेल, आटा तथा विद्यालयमा अध्ययन गर्ने असहाय वालवालिकाहरुलाइ स्टेशनरी सामान समेत वितरण गरिएको लायन्स क्लव अफ दाङका अध्यक्ष सुरेश हमालले बताउनुभएको छ ।
रिपोटर्श क्लव दाङले स्थापना भएसंगै विगत १० बर्षदेखि यस्ता सामाजिक उत्तरदायित्व अभियानको समन्वय गर्दै आएको छ ।
ती दुइ संस्थाले तुलसीपुर उपमहानगरपालिका—१९ बस्ने शारीरिक रुपमा अपांग व्यवसायी गीता बुढालाइ १५ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
कोभिड—१९ को संक्रमण व्यापक बन्दै जनजिविका असहज बन्दै गएको अवस्थामा आएको बडादशैं पर्वलाइ समेत लक्ष्ति गरेर लायन्स क्लव दाङ र लियो क्लव तुलसीपुर दाङले विजौरीमा रहेको श्री असहाय वालविकाश केन्द्र विजौरीमा आश्रित वालवालिकाहरुलाइ पनि स्टेशनरी सहित दाल चामल, नुन, आटा लगायतका सामाग्रि उपलव्ध गराएको थियो ।
त्यसैगरी सामाजिक उत्तरदायित्वसंगै नेपालीहरुको महानपर्वमा पर्ने समस्यालाइ मध्यनजरगर्दै ती दुइ संस्थाले तुलसीपुर उपमहानगरपालिका—४ रक्षाचौरमा अस्थाइ बसोबासगर्दै आएका दृष्टिविहिनका परीवारलाइ पनि नगद ५ हजार सहित दालचामल, आटा नुन, तेल लगायतका सामाग्रि उपलव्ध गराएको थियो । रुपा गन्धर्वको परीवार विगत ७ बर्षदेखि यसरीनै जिवन गुजारा गर्दै आएको छ ।
त्यस्तै लायन्स क्लव अफ दाङले तुलसीपुर उपमहानगरपालिका—गोलौराका क्यानसर पिडित गोवर्धन वलीलाइ पनि आर्थिक सहयोग गरेको छ । सो अवसरमा लायन्स क्लव अफ दाङले १० हजार रुपैया तथा तुलसीपुरका युवा व्यवसायी हेमन्त डांगी र पुर्णिमा डांगीले १० हजार ५ सय रुपैया वलीको उपचारार्थ सहयोग गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग अभियानमा लायन्स क्लव अफ दाङका अध्यक्ष शुरेस हमाल, क्लवका पुर्वअध्यक्ष विनोदकुमार श्रेष्ठ, विमल रिजाल, निवर्तमान अध्यक्ष यज्ञ वहादुर केसी, सदस्यहरु गोरख वली, सन्जय पराजुली, लायन्स क्लव अफ दाङका कोषाध्यक्ष लोकराज विष्ट, सदस्य पुष्प जिएम, लियो क्लव अफ दाङ तुलसीपुरका उपाध्यक्ष राजेन्द्र महतारा, उपाध्यक्ष निर्मल खडका,सहसचिव प्रकाश न्यौपाने, पत्रकार खेमराज रिजाल, बालाराम खड्का लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]