०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

दाङ प्रहरीले अमेरिकी डलर देखाएर सर्वसाधारणलाई ठगी गर्ने ३ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

सागर थापा
दाङमा अमेरिकी डलर देखाएर सर्वसाधारणलाई ठगी गर्ने तीन जना पक्राउ परेका छन्।
जिल्लाको लमही नगरपालिका वडा नं. ९ अमिलिया बजारबाट गएराति सादा पोशाकका प्रहरीले डलर देखाएर ठगी गर्नेलाई साढे दश बजेतिर पक्राउ गरेका हुन्।
पक्राउ पर्नेमा एकजना बाँकेको कोहलपुरका पुरुष, एक जना धादिङकी महिला र अर्का एक जना हेटौंडाका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
उनीहरुले बाहिर–बाहिर अमेरिकी डलर र त्यसभित्र सबै कागज मिलाएको बण्डल बनाएर डलर साट्ने नाममा सर्वसाधारणलाई ठग्दै आएको प्रहरीले बताएको छ।
सर्वसाधारणलाई झुक्याएर ठगी गर्दै आएको थाहा पाएपछि प्रहरी आफैं ग्राहक बनेर उनीहरुलाई पक्राउ गर्न सफल भएको हो। ‘हामीसँग उनीहरुको डिल भए ८ लाख रुपैयाँ लिएर अमिलिया पुगेका थियौँ’ एक प्रहरी अधिकारीले भने ‘उनीहरुले कागजको बण्डलमा बाहिर–बाहिर अमेरिकी डलेर राखेर भित्र सबै कागज राखेको अवस्थामा पक्राउ परे।’प्रहरी स्रोतका अनुसार उनीहरु सस्तोमा डलरी सटही गरिदिने भन्दै बाँकेबाट सार्वजनिक गाडी चढेर अमिलिया आएका थिए।
यसअघि भक्तपुर तथा सिन्धुपाल्चोकमा पनि यसैगरी सस्तो मूल्यमा डलर साटिदिने भन्दै ठगी भएको दाङ प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!