२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

दाङ प्रहरीले अमेरिकी डलर देखाएर सर्वसाधारणलाई ठगी गर्ने ३ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

सागर थापा
दाङमा अमेरिकी डलर देखाएर सर्वसाधारणलाई ठगी गर्ने तीन जना पक्राउ परेका छन्।
जिल्लाको लमही नगरपालिका वडा नं. ९ अमिलिया बजारबाट गएराति सादा पोशाकका प्रहरीले डलर देखाएर ठगी गर्नेलाई साढे दश बजेतिर पक्राउ गरेका हुन्।
पक्राउ पर्नेमा एकजना बाँकेको कोहलपुरका पुरुष, एक जना धादिङकी महिला र अर्का एक जना हेटौंडाका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
उनीहरुले बाहिर–बाहिर अमेरिकी डलर र त्यसभित्र सबै कागज मिलाएको बण्डल बनाएर डलर साट्ने नाममा सर्वसाधारणलाई ठग्दै आएको प्रहरीले बताएको छ।
सर्वसाधारणलाई झुक्याएर ठगी गर्दै आएको थाहा पाएपछि प्रहरी आफैं ग्राहक बनेर उनीहरुलाई पक्राउ गर्न सफल भएको हो। ‘हामीसँग उनीहरुको डिल भए ८ लाख रुपैयाँ लिएर अमिलिया पुगेका थियौँ’ एक प्रहरी अधिकारीले भने ‘उनीहरुले कागजको बण्डलमा बाहिर–बाहिर अमेरिकी डलेर राखेर भित्र सबै कागज राखेको अवस्थामा पक्राउ परे।’प्रहरी स्रोतका अनुसार उनीहरु सस्तोमा डलरी सटही गरिदिने भन्दै बाँकेबाट सार्वजनिक गाडी चढेर अमिलिया आएका थिए।
यसअघि भक्तपुर तथा सिन्धुपाल्चोकमा पनि यसैगरी सस्तो मूल्यमा डलर साटिदिने भन्दै ठगी भएको दाङ प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]