०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

काठमाडौंको लागि दाङबाट ४०० खसी बोका लगियो

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

तेज वली  तुल्सीपुर                                                  दशैं तिहारका लागि भनेर ४ सय खसी-बोका काठमाडौं पठाएको छ । ५५० रुपैंया प्रतिकिलोका दरले खरिद गरि शनिबार दुई सय र आइतबार दुई सय गरि चार सय खसी-बोका पठाइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरका प्रमुख माधव मिश्रले बताए ।
प्रमुख मिश्रका अनुसार आज थप दुई सय खसी बोका पठाउने तयारी छ । ‘ हामीले जिल्लाबाट प्रतिकेजी ५५० रुपैंयामा खरिद गरेर पठाएका छौं, केन्द्रमा प्रति केजी ५६० रुपैंया बिक्री दर तोकेको छ,’ उनले भने‘ तर, १० रुपैंया छुट पनि दिएको छ । दुवानी खर्च नेपाल सरकारले यस पटक अनुदान दिन्छ होला ।’
जिल्लाबाट केन्द्रमा पठाउदाको दुवानी खर्च यस पटक नेपाल सरकारले दिने समेत उनले बताए । त्यस्तै, सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट सहुलियत मूल्यमा खसी-बोका बिक्री सुरु गरेको छ । दशैंलाई लक्षित गरी थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी-बोका बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।
कम्पनीको आइतबार बसेको बैठकले जिउँदो खसी तथा बोकाको प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ । जसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा खसी-बोका बिक्री गरिने सुवेदीले बताइन् । खसी-बोकाको जिउँदो मूल्य समान भएको र सो मूल्य गत वर्ष जतिकै भएको कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!