२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

काठमाडौंको लागि दाङबाट ४०० खसी बोका लगियो

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

तेज वली  तुल्सीपुर                                                  दशैं तिहारका लागि भनेर ४ सय खसी-बोका काठमाडौं पठाएको छ । ५५० रुपैंया प्रतिकिलोका दरले खरिद गरि शनिबार दुई सय र आइतबार दुई सय गरि चार सय खसी-बोका पठाइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरका प्रमुख माधव मिश्रले बताए ।
प्रमुख मिश्रका अनुसार आज थप दुई सय खसी बोका पठाउने तयारी छ । ‘ हामीले जिल्लाबाट प्रतिकेजी ५५० रुपैंयामा खरिद गरेर पठाएका छौं, केन्द्रमा प्रति केजी ५६० रुपैंया बिक्री दर तोकेको छ,’ उनले भने‘ तर, १० रुपैंया छुट पनि दिएको छ । दुवानी खर्च नेपाल सरकारले यस पटक अनुदान दिन्छ होला ।’
जिल्लाबाट केन्द्रमा पठाउदाको दुवानी खर्च यस पटक नेपाल सरकारले दिने समेत उनले बताए । त्यस्तै, सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट सहुलियत मूल्यमा खसी-बोका बिक्री सुरु गरेको छ । दशैंलाई लक्षित गरी थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी-बोका बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।
कम्पनीको आइतबार बसेको बैठकले जिउँदो खसी तथा बोकाको प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ । जसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा खसी-बोका बिक्री गरिने सुवेदीले बताइन् । खसी-बोकाको जिउँदो मूल्य समान भएको र सो मूल्य गत वर्ष जतिकै भएको कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।