२१ फाल्गुण २०८०, सोमबार
04-03-2024 , Mon
×

दाङको दंगीशरणमा बस दुर्घटना ६ जना घाईते

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

तेज वली
तुल्सीपुर दंगीशरण गाउँपालिका वडा न। ५ को मिरौलीमा बस दुर्घटना भएको छ । बस सोमबारबिहान सवा दश बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय हेकुलीले जनाएको छ ।
दंगीशरणको बैबाङ्गबाट तुलसीपुर तर्फ आउदै गरेको ना ४ ख ७८४८ न. को बस अनियन्त्रीत हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ६ जना घाईते भएका छन् ती मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । घाईतेहरुको अहिले राप्ती प्रादेशिक अस्पतालमा उपचार भई रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (तेज ओलि) दाङको तुलसीपुरमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार बिहान साढे ११ बजेतिर तुलसीपुरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको बागमती प्रदेश ०१००३ क ९७५६ नम्बरको मालबाहक ट्रकले विपरित दिशाबाट आउँदै गरेको भे १२ प ३४२२ नम्बरको मोटरसाइकललाई तुलसीपुर १२ सितलपुर नजिकै ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको […]

(एबिसि संचार ) जनकधाममा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु र चारजना घाइते भएपछि स्थानीय आक्रोशित हुँदै आन्दोलित भएका छन् । जनकपुर उपमहानगरपालिका-२३ विन्हीमा आज बिहान भएको दुर्घटनाको विरोधमा स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेका छन् । उनीहरु सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । ठक्कर दिने बसलाई जलाउन खोज्दा प्रहरीले लाठीचार्ज गर्नुका साथै […]

(एबिसि संचार )                                            मोटरसाइकलको ठक्करबाट झापाको मेचीनगरमा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । दुर्घटनामा उनकी छोरी सिकिस्त घाइते भएकी छन् । प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा […]