११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

बाटोमा झोला खोलेर हेर्दा सशस्त्र प्रहरीले फेला पार्यो ३ लाख भारु

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

ABC काईमबिट
महोत्तरी सशस्त्र प्रहरी बलले महोत्तरीको मटिहानी नगरपालिका ८ गान्धीगल्लीबाट ३ लाख भारतीय रुपैयाँसहित १ झोला बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट मटिहानीबाट गस्तीमा खटिएको टोलीले आइतबार गान्धीगल्लीबाट ३ लाख भारु भएको एक झोला बरामद गरेको हो । सशस्त्र प्रहरीका अनुसार झोला बोकेर सडकमा हिँड्दै गरेका एक व्यक्तिले सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि झोला सडकमै फालेर भागेका थिए ।
सशस्त्रले झोला खोलेर चेक जाँच गर्दा झोलामा ३ लाख भारु फेला परेको हो । बरामद भएको ३ लाख भारुसहित झोलालाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!