२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एभरेस्ट पेट्रोल पम्पमा आगलागी ट्यांकर जलेर ध्वस्त

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

सिमा गुरुङ
भैरहवा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित एभरेष्ट आयल सप्लायर्स (पेट्रोल पम्प) मा आगलागी भएको छ । सोमबार राति करिब साढे ७ बजे पेट्रोल पम्पमा ट्यांकरबाट इन्धन अनलोड गर्ने क्रममा आगलागी भएको हो ।
प्रहरीका अनुसार इन्धन अनलोड गर्ने क्रममा अनलोड गर्न लागिएको ट्यांकरमा नै आगो लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ६ वटा दमकलको सहायतामा साढे ८ बजे आगो नियन्त्रणमा आएको छ । प्रहरी र स्थानीय समेत आगो निभाउने कार्यमा जुटेका थिए ।
ट्याङ्करमा ८ हजार लिटर इन्धन भएको र ट्यांकर पूर्णरुपमा ध्वस्त भएको प्रहरीले बताएको छ । क्षतिको थप विवरण आउन बाँकी छ । ट्यांकरबाट सल्केको आगोले पम्पमा समेत टिपेकोले थप क्षति भएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!