२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

एभरेस्ट पेट्रोल पम्पमा आगलागी ट्यांकर जलेर ध्वस्त

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७


सिमा गुरुङ
भैरहवा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित एभरेष्ट आयल सप्लायर्स (पेट्रोल पम्प) मा आगलागी भएको छ । सोमबार राति करिब साढे ७ बजे पेट्रोल पम्पमा ट्यांकरबाट इन्धन अनलोड गर्ने क्रममा आगलागी भएको हो ।
प्रहरीका अनुसार इन्धन अनलोड गर्ने क्रममा अनलोड गर्न लागिएको ट्यांकरमा नै आगो लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ६ वटा दमकलको सहायतामा साढे ८ बजे आगो नियन्त्रणमा आएको छ । प्रहरी र स्थानीय समेत आगो निभाउने कार्यमा जुटेका थिए ।
ट्याङ्करमा ८ हजार लिटर इन्धन भएको र ट्यांकर पूर्णरुपमा ध्वस्त भएको प्रहरीले बताएको छ । क्षतिको थप विवरण आउन बाँकी छ । ट्यांकरबाट सल्केको आगोले पम्पमा समेत टिपेकोले थप क्षति भएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!