२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

बर्दिया प्रहरीले अवैध सालको काठसहित ट्र्याक्टर पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

महेन्द्र सिंह    बर्दियामा                                          अवैध रुपमा ओसारपसार भैरहेको सालको काठसहित एउटा ट्र्याक्टरलाई प्रहरी र बन कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ । प्रहरीले बर्दियाको मधुवन नगरपालिका २ रजवारास्थित फरधुङ्गा सामुदायिक वन उपभोक्ता समुहको वनक्षेत्रबाट अवैध रुपमा चोरी निकासी भैरहेको अवस्थामा सोमबार भे१त ९३६३ नम्बरको ट्र्याक्टरमा लोड भएको ३३ थान सालको अवैध काठको हुन आउने अन्दाजी ३५ क्युफिट काठसहित ट्र्याक्टर नियन्त्रणमा लिएको जनाएको छ । ट्र्याक्टर चालक भने फरार रहेको र उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी कोठियाघाटका प्रहरी सहायक निरीक्षक दिनेश चदराको कमान्डमा रहेको प्रहरी र सव-डिभिजन वन कार्यालय सानोश्रीका फरेष्टर महेश बहादुर बुढाथोकीको संयुक्त टोलीले उक्त काठसहित ट्र्याक्टरलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!