२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रहरी हत्या प्रकरण असई विकले बोकेको पेस्तोल भेटियो

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

ABC क्राईमबिट
धनगढी तस्करहरुले हत्या गरेका कैलालीको धनगढी–१२ स्थित अस्थायी प्रहरी पोस्ट (जुगेडा)का इञ्चार्ज असई गोविन्द विकले बोकेको पेस्तोल भेटिएको छ ।
मंगलबार प्रहरी जवान रामबहादुर साउँदको शव खोज्ने क्रममा असई विकले बोक्ने गरेको चाइनिज पेस्तोल भेटिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहका अनुसार जवान साउँदको शव यसअघि असई विकको शव फेला परेको स्थानभन्दा करिब २ सय मिटर उत्तरपश्चिममा भेटिएको हो ।
असई विकको हत्या आशंकामा पक्राउ परेका एक व्यक्तिले दिएको संकेतका आधारमा प्रहरीले जावन साउँदको शव मोहना नदीमा फेला पारेको थियो ।
प्रहरीका अनुसार जवान साउँदको शव नदीभित्रै खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको हो ।
प्रहरी जवान साउँदको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ ।
जुगेडा अस्थायी प्रहरी पोस्टका इञ्चार्ज असई विक र जवान साउँद शनिबार राति सीमा क्षेत्रमा गस्तीमा गएका थिए । गस्तीमा गएकामध्ये असई विकको आइतबार बिहान शव फेला परेको थियो भने जवान साउँदको मंगलबार बिहान शव फेला परेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी सिंहका अनुसार असई विक र जवान साउँदको एउटै प्रकृतिले हत्या गरिएको देखिएको छ । दुवै जनाको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको देखिएको एसएसपी सिंहले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सीमा क्षेत्रबाट तस्करी गर्ने गिरोहले असई विक र जवान साउँदको हत्या गरेको देखिएको छ ।
विक र साउँदको हत्याबारे अनुसन्धान गर्न प्रहरीले आइतबारयता १३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ६ जनाले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गर्दै साविति बयान दिएका प्रहरीले जानकारी दिएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!