०८ जेठ २०८३, शुक्रबार
22-05-2026 , Fri
×

८ वर्षीया बालिकाको अपहरण ३ घण्टामै सकुशल उद्धार गर्न सफल प्रहरी

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

ABC क्राईमबिट
काठमाडौं सोमबार बेलुकी ७ः३० बजेको समयमा महानगरीय प्रहरी बृत्त सातदोबाटोमा फोनमार्फत एउटा जानकारी आयो, ललितपुरको महालक्ष्मी नगरपालिका–४ मनकामना चोकबाट ८ वर्षकी एक बालिका अपहरणमा परिन् ।
अपहरणको सूचना पाएलगत्तै बृत्तबाट डीएसपी मित्रबध्नु शर्माको कमाण्डमा प्रहरीको टोली तैनाथ भयो । अपहरणको सूचना आएकै क्षेत्र, महालक्ष्मी–४ मनकामना चोकबाटै प्रहरीले अनुसन्धान शुरु ग¥यो ।
बाराको सिम्रौनगढ नगरपालिका–१ घर भइ ललितपुरका महालक्ष्मी नगरपालिका–४ मनकामना चोक बस्दै आएकी गुड्डी आफ्नी ८ वर्षीया छोरी अनुखा साह अपहरणमा परेकी प्रहरीलाई बताइन् ।
घर बाहिर चोकमा खेलीरहेकी छोरीलाई नचिनेका व्यक्तिले साइकलमा राखेर लगेको भन्दै गुड्डीले प्रहरीलाई खबर गरेकी थिइन् ।
प्रहरीले मनकामना चोकमा भएका सीसीटिभी फुटेजको अध्ययन ग¥यो । सीसीटिभी फुटेज अध्ययन गर्दा नै अपहरणकारीको हुलिया पहिचान भइसकेको थियो ।
अपहरणमा परेको करिब ३ घण्टा पछि नै प्रहरीले अनुखाको सकुशल उद्दार ग¥यो । उनलाई ललितपुर महानगरपालिका–२९ हरिसिद्धीस्थित सिता परियारको कोठामा बन्धक बनाएर राखिएको थियो । अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन–८ बासटोल घर भइ ललितपुरको हरिसिद्धी बस्ने ३० वर्षीय राजु कार्की, काभ्रेको नमोबुद्ध–८ घर भइ हरिसिद्धी नै बस्ने २३ वर्षीय सिता परियार र धनुषाको धारापानी गाउँपालिका–२ घर भइ हरिसिद्धी नै बस्ने ४० वर्षीय कृष्ण तोलामी छन् ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये ३० वर्षीय राजु कार्की अपहरणका मुख्य अभियुक्त हुन् । प्रहरीले बालिका अपहरणमा प्रयोग भएको फोनिक्स लेखिएको हरियो रंगको एउटा साइकल समेत बरामद गरिएको जानकारी दिएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही राजनीतिक, सामाजिक र बौद्धिक वृत्तमा पछिल्लो समय एउटा नाम निकै चर्चामा छ- सविन प्रियासन । लामो समयदेखि पत्रकारितामार्फत समाज, राजनीति, विकास र जनजीवनका सवालहरू उठाउँदै आएका प्रियासनले अब प्रत्यक्ष राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनको राजनीतिक यात्राबारे व्यापक बहस सुरु भएको […]

बर्दिया । खुला सीमा नाकाहरूमा *अवैध तस्करी बढेको* र *प्रहरी प्रशासन मौन बसेको* भन्ने गुनासो स्थानीय र सञ्चारमाध्यममा आइरहेको छ। *के भइरहेको छ?* बर्दियाको गुलरिया, राजापुर, मधुवन लगायतका क्षेत्र नेपाल-भारत खुला सीमा भएकाले पशुचौपाया, मोटरसाइकल, किराना सामान, लागूऔषध जस्ता वस्तुको अवैध ओसारपसारको जोखिम बढी हुन्छ। पछिल्ला महिनाहरूमा लुम्बिनी प्रदेश प्रहरी विशेष टोली र सशस्त्र प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले काठमाडौंस्थित *एपीएफ कमाण्ड तथा स्टाफ कलेज*मा दुईवटा कार्यक्रममा सहभागिता जनाएका छन्। *कार्यक्रमहरू:* 1. *दशौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन* – कोर्ष पूरा गरेका अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। 2. *एघारौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन* – नयाँ समूहका प्रशिक्षार्थी अधिकृतहरूको लागि कोर्ष सुरु भएको छ। […]

error: Content is protected !!