२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

केराउ तस्करी गर्ने समूहको संलग्नता घाँटीमा कोदाली हानेर प्रहरीको हत्या

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

राजन चौधरी
नेपालबाट भारततर्फ केराउ तस्करी गर्ने गिरोहले कैलालीमा २ जना प्रहरी कर्मचारीको हत्या गरेको खुलेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्राविधिक सहयोग जिल्ला प्रहरी कार्यालय कैलालीले गरेको अनुसन्धानबाट केराउ तस्करको समूहले कैलालीका २ जना प्रहरीको हत्या गरेको खुलेको हो ।
शनिबार राति सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि खटिएका धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको आइतबार शव फेला परेको थियो ।
असई विकसँगै मोटरसाइकल गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँदको भने मंगलबार मोहना नदीमा गाडीको अवस्थामा शव फेला परेको थियो ।
घटनापछि प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाले हत्या गरेको स्वीकारेका छन् । हत्या गरेको स्वीकार्नेहरु नेपाल–भारत सीमा क्षेत्रमा केराउ तस्करी गर्ने व्यक्ति रहेका प्रहरीले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले २ जना प्रहरी कर्मचारीको हत्या गर्ने हत्यारा पक्राउ परेको जानकारी दिए । उनीहरु केराउ तस्कर गर्ने व्यक्ति भएको र तस्करी रोक्दा असई विक र जवान साउँदको हत्या गरेको सिंहको भनाइ छ ।
प्रहरीका अनुसार शनिबार राति एउटा गाडामा राखेर नेपालबाट भारततर्फ केराउ तस्करी गर्न लागिएको थियो ।
असई विक र जवान साउँदले गाडा नियन्त्रणमा लिएपछि गाडामा रहेका व्यक्तिले अन्यलाई पनि बोलाएका थिए । त्यसपछि घेरा हालेर उनीहरुले दुवै प्रहरी कर्मचारीमाथि आक्रमण गरेका थिए ।
प्रहरी हिरासतमा रहेका आरोपीले घरेलु हतियार लाठी तथा घाँटीमा कोदाली (फरुवा) प्रहार गरेर हत्या गरेको बयान दिएका छन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]