२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

दैलेखमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

ABC Sanchar                                             सुर्खेतबाट दैलेखको जम्भुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस दुर्घटनाहुँदा सवारी चालकको घटनास्थलमै मृत्यु भएको हो ।
कर्णाली राजमार्गको तल्लोडुङ्गेश्वर नजिकै सडकमा रोकिएको टिप्परमा बस ठोक्किदा वीरेन्द्रनगर नगरपालिका घर भएका चालक ललित नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार बसमा सवार १४ जना यात्रु घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेकाे डिएसपी श्रेष्ठको भनाई छ ।
बसकाे ब्रेकफेल भएर सडक किनारामा राेकिएकाे टिप्परमा ठाेकिएकाे प्रारम्भीक अनुसन्धानबाट खुलेका श्रेष्ठले बताए । घटनाबारे थप अनुसन्धान गर्न प्रहरी घटनास्थलमै रहेकाे श्रेष्ठले जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!