२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

मोरङमा १४ हजार नगदसहित १२ जना जुवाडे पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

ABC क्राईमबिट
मोरङको रतुवामाईबाट १२ जना जुवाडे पक्राउ परेका छन्। रतुवामाई–७ को एउटा पोखरीको डिलमा तास खेल्दै गरेको अवस्थामा सोमबार राति पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।
पोखरीको डिलमा बसेर तास खेल्दै गरेको अवस्थामा राति ११ः५० बजेतिर १२ जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। रतुवामाई–७ का ३४ वर्षीय गोपाल कटुवाल, ४३ वर्षीय गणेश कार्की, ३६ वर्षीय दिनेश बस्नेत, ४५ वर्षीय नरेन्द्र रिजाल, २५ वर्षीय गणेश गौतम, ३९ वर्षीय नन्दराज फुयाँल पक्राउ परेका छन्।
त्यस्तै ४२ वर्षीय फणिन्द्र बुढाथोकी, ४५ वर्षीय झंकराज कोइराला, ३८ वर्षीय रामभक्त भट्टराई, ४० वर्षीय सन्तोष रिजाल, ३० वर्षीय राम कार्की र ३२ वर्षीय मनोज उप्रेतीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार १२ बुक तास, १४ हजार २ सय ७० रुपैयाँ, ६ सय मलेसियन सिंगेटका साथै को ३२ प ५१९२, को ३५ प ६१८६ र को २२ प ९३७९ नम्बरको मोटरसाइकल बरामद भएको छ। पक्राउ परेकाविरुद्ध प्रहरीले जुवा ऐनअन्तर्गत मुद्दा चलाउन अनुसन्धान थालेको जनाएको छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]