२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बर्दियामा बाघको आक्रमणबाट एकजना महिलाको मृत्यु

Logo
प्रकाशित बुधबार, कार्तिक ०५, २०७७

महेन्द्र सिंह
दाङ बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नम्बर ३ भगरैया बस्ने अन्दाजी २९ वर्षीया गंगा बुढालाई घाँस काट्ने क्रममा बुधवार अपरान्ह सवा ४ बजे पाटेबाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।
उनको शव दशगजाबाट एक सय मिटरभित्र भारततर्फको जंगलतिर पुर्याएको अवस्थामा सशस्त्र प्रहरीले फेला पारेको हो ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दिया मातहत रहेको विओपी भगरैयाबाट सप्रनानि भिम बहादुर वलीको कमाण्डमा खटिएको ११ जनाको टोली र स्थानीय बासिन्दाको सहयोगमा होहल्ला गरी बाघलाई भगाएर महिलालाई मृत अवस्थामा फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।