०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

बर्दियामा बाघको आक्रमणबाट एकजना महिलाको मृत्यु

Logo
प्रकाशित बुधबार, कार्तिक ०५, २०७७

महेन्द्र सिंह
दाङ बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नम्बर ३ भगरैया बस्ने अन्दाजी २९ वर्षीया गंगा बुढालाई घाँस काट्ने क्रममा बुधवार अपरान्ह सवा ४ बजे पाटेबाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।
उनको शव दशगजाबाट एक सय मिटरभित्र भारततर्फको जंगलतिर पुर्याएको अवस्थामा सशस्त्र प्रहरीले फेला पारेको हो ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दिया मातहत रहेको विओपी भगरैयाबाट सप्रनानि भिम बहादुर वलीको कमाण्डमा खटिएको ११ जनाको टोली र स्थानीय बासिन्दाको सहयोगमा होहल्ला गरी बाघलाई भगाएर महिलालाई मृत अवस्थामा फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीले महाधिवेशनस्थल भृकुटीमण्डपमै नेता कार्यकर्तासँग खुसीयाली मनाएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनी १ हजार ६६३ मतका साथ विजयी भएका हुन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

error: Content is protected !!