०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

सशस्त्र प्रहरीले साढे २३ किलो चरेससहित एक महिला पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक ०५, २०७७

महेन्द्र सिंह बर्दिया सशस्त्र प्रहरीलाई विशेष सूचनाको आधारमा सहायक प्रहरि निनिरिक्षक टीकाराम मैनालीको कमाण्डमा खटिएको टोलिले नेपाल भारत सीमानामा पर्ने गुलरिया नगरपालिका–१, १० नम्बर गाँउबाट उक्त परिमाणको लागु औषध सहित रुकुम खलङ्गा बाफीकोट गाउँपालिका–८ डुले निवार्सी ३८ बर्षीय निर्मला बाठा मगरलाई पक्राउ गरेको हो ।
स्थानीय बुद्धि दमाईको घरमा चरेस लुकाएर राखिएको जानकारीका अधारमा गएराती करिब ११ बजे तिर छापा मारिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
पक्राउ परेकी महिलाको शरीरमा बेरीराखेको अवस्थामा ५.५ किलोग्राम अफिम र सोधपुछ र खोजतलासबाट थप २ ओटा व्यागमा लुकाइ राखिएको ५ किलोग्राम चरेस र १३ किलोग्राम अफिम फेला पारिएको सशस्त्र प्रहरी बल नेपाल नं.३१ गणका गणपति (एसपी) नरबहादुर रावतले जानकारी दिनुभयो । गणपति रावतले लागुऔषध ओसारपसारमा संलग्न अन्य फरार व्यक्तिको खोजी कार्य भैरहेको बताउनुभयो ।
सशस्त्र प्रहरीले पक्राउ परेकी महिलाको साथबाट २ थान नागरिकता, ३ थान मोबाईल र २ वटा व्याग फेला परेको छ । सशस्त्र प्रहरीका अनुसार बरामद लागु औषधको मुल्य रु.१ करोड ४९ लाख ५० हजार बराबरको रहेको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल विओपि फुटाहाबाट सहायक प्रहरी निरिक्षक भुवनेश्वर न्यौपानेको कमाण्डमा गएको मोबाईल गस्ती टोलीले लागुऔषध नाइट्रोभेट–१० सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–२ डाँफे बस्ने १८ बर्षिय बिष्णु गुरुङ्ग र सोही ठाउँका १७ बर्षिय सागर सुनार रहेका छन् । नेपाल भारत सीमा फुटाहा बोर्डरबाट नेपाल आउँदै गरेका उनीहरुमा माथि शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध नाइट्रोभेट–१० भन्ने १६ चक्की र मास्क बोन्ड सोलुसन–५ पिस बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गणले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीले महाधिवेशनस्थल भृकुटीमण्डपमै नेता कार्यकर्तासँग खुसीयाली मनाएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनी १ हजार ६६३ मतका साथ विजयी भएका हुन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

error: Content is protected !!