२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

सशस्त्र प्रहरीले साढे २३ किलो चरेससहित एक महिला पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक ०५, २०७७

महेन्द्र सिंह बर्दिया सशस्त्र प्रहरीलाई विशेष सूचनाको आधारमा सहायक प्रहरि निनिरिक्षक टीकाराम मैनालीको कमाण्डमा खटिएको टोलिले नेपाल भारत सीमानामा पर्ने गुलरिया नगरपालिका–१, १० नम्बर गाँउबाट उक्त परिमाणको लागु औषध सहित रुकुम खलङ्गा बाफीकोट गाउँपालिका–८ डुले निवार्सी ३८ बर्षीय निर्मला बाठा मगरलाई पक्राउ गरेको हो ।
स्थानीय बुद्धि दमाईको घरमा चरेस लुकाएर राखिएको जानकारीका अधारमा गएराती करिब ११ बजे तिर छापा मारिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
पक्राउ परेकी महिलाको शरीरमा बेरीराखेको अवस्थामा ५.५ किलोग्राम अफिम र सोधपुछ र खोजतलासबाट थप २ ओटा व्यागमा लुकाइ राखिएको ५ किलोग्राम चरेस र १३ किलोग्राम अफिम फेला पारिएको सशस्त्र प्रहरी बल नेपाल नं.३१ गणका गणपति (एसपी) नरबहादुर रावतले जानकारी दिनुभयो । गणपति रावतले लागुऔषध ओसारपसारमा संलग्न अन्य फरार व्यक्तिको खोजी कार्य भैरहेको बताउनुभयो ।
सशस्त्र प्रहरीले पक्राउ परेकी महिलाको साथबाट २ थान नागरिकता, ३ थान मोबाईल र २ वटा व्याग फेला परेको छ । सशस्त्र प्रहरीका अनुसार बरामद लागु औषधको मुल्य रु.१ करोड ४९ लाख ५० हजार बराबरको रहेको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल विओपि फुटाहाबाट सहायक प्रहरी निरिक्षक भुवनेश्वर न्यौपानेको कमाण्डमा गएको मोबाईल गस्ती टोलीले लागुऔषध नाइट्रोभेट–१० सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–२ डाँफे बस्ने १८ बर्षिय बिष्णु गुरुङ्ग र सोही ठाउँका १७ बर्षिय सागर सुनार रहेका छन् । नेपाल भारत सीमा फुटाहा बोर्डरबाट नेपाल आउँदै गरेका उनीहरुमा माथि शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध नाइट्रोभेट–१० भन्ने १६ चक्की र मास्क बोन्ड सोलुसन–५ पिस बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गणले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!