२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नागरिकलाई प्रहरीले गर्ने व्यवहार न्यायिक र निष्पक्ष हुनुपर्छ: आईजीपी थापा

Logo
प्रकाशित बुधबार, कार्तिक ०५, २०७७

(ABC क्राईमबिट)
काठमाडौं प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने प्रहरी र प्रहरीको छविमा आमूल परिवर्तन आउने भएकोले आम नागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा बुधबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित १-१८०औं समूह (पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स ११औं समूह) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आईजीपी थापाले उक्त कुरा बताएका हुन् ।
समारोहमा आईजीपी थापाले कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, शारीरिक व्यायाम तथा आत्मबल अभिवृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक निर बहादुर बानियाँ, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक धर्मराज खत्री र चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक प्रवेश कार्कीलाई पुरस्कार प्रदान गरे ।
सो अवसरमा आईजीपी थापाले दीक्षित भई कार्यक्षेत्रमा खटिन जाने प्रहरी कर्मचारी अब नाम वा व्यक्ति मात्र नभई संस्था एवम् सार्वजनिक व्यक्तित्व भएको उल्लेख गर्दै संस्थागत व्यवहारप्रति सदैव संवेदनशील रहन आग्रह गरे । आम नागरिकले प्रहरीमा राष्ट्र देख्छ, त्यसकारण निसहाय नागरिक प्रहरी समक्ष न्याय र सहयोगको निम्ति आएमा प्रहरीको व्यवहार दुरुस्त हुनुपर्नेमा उनले जोड दिए । कहिलेकाँही चुनौती अवसरको रुपमा पनि आउने र ती चुनौती तथा समस्याको समाधानका प्रयासले दीक्षित हुने प्रशिक्षार्थीहरुको आगामी दिन निर्धारण गर्ने बताउँदै उनले असल, जनताले रुचाइएको, निष्पक्ष, प्रविधिमैत्री एवम् जनउत्तरदायी प्रहरीको रुपमा आफूलाई प्रस्तुत गर्न समेत दीक्षित हुने प्रशिक्षार्थीहरुलाई निर्देशन दिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन डा.हरि प्रसाद अधिकारीले प्रहरीलाई थप दक्ष एवम् सक्षम बनाउनका लागि समयानुकूल पाठ्यक्रम अबलम्बन गर्नुपर्ने बताए ।
उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै धन्यवाद ज्ञापन गरेका उक्त समारोहमा अपराध अनुसन्धान विद्यालयका निमित्त प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द राज आचार्यले तालिम सम्बन्धि प्रतिवेदन तथा स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
२०७६ वैशाख २३ गतेबाट सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा ८ महिला सहित कुल १ सय ८ जना प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो ।
प्रशिक्षार्थीहरुले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत बिद्यालयद्वारा सांगितीक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दिक्षित प्रहरी निरीक्षकहरुलाई आ-आफ्ना अभिभावकहरुले दर्ज्यानी चिन्ह सुशोभन गरेका थिए ।
दीक्षान्त समारोहमा पिजीडिपिएस कार्यक्रम सल्लाहकार प्रा.डा. राजिव विक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाली सेना तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा वरिष्ठ प्रहरी अधिकृतहरु, संचारकर्मी, प्रशिक्षार्थीहरुका अभिभावकहरु तथा अन्य आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!