०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

नागरिकलाई प्रहरीले गर्ने व्यवहार न्यायिक र निष्पक्ष हुनुपर्छ: आईजीपी थापा

Logo
प्रकाशित बुधबार, कार्तिक ०५, २०७७

(ABC क्राईमबिट)
काठमाडौं प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने प्रहरी र प्रहरीको छविमा आमूल परिवर्तन आउने भएकोले आम नागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा बुधबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित १-१८०औं समूह (पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स ११औं समूह) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आईजीपी थापाले उक्त कुरा बताएका हुन् ।
समारोहमा आईजीपी थापाले कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, शारीरिक व्यायाम तथा आत्मबल अभिवृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक निर बहादुर बानियाँ, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक धर्मराज खत्री र चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक प्रवेश कार्कीलाई पुरस्कार प्रदान गरे ।
सो अवसरमा आईजीपी थापाले दीक्षित भई कार्यक्षेत्रमा खटिन जाने प्रहरी कर्मचारी अब नाम वा व्यक्ति मात्र नभई संस्था एवम् सार्वजनिक व्यक्तित्व भएको उल्लेख गर्दै संस्थागत व्यवहारप्रति सदैव संवेदनशील रहन आग्रह गरे । आम नागरिकले प्रहरीमा राष्ट्र देख्छ, त्यसकारण निसहाय नागरिक प्रहरी समक्ष न्याय र सहयोगको निम्ति आएमा प्रहरीको व्यवहार दुरुस्त हुनुपर्नेमा उनले जोड दिए । कहिलेकाँही चुनौती अवसरको रुपमा पनि आउने र ती चुनौती तथा समस्याको समाधानका प्रयासले दीक्षित हुने प्रशिक्षार्थीहरुको आगामी दिन निर्धारण गर्ने बताउँदै उनले असल, जनताले रुचाइएको, निष्पक्ष, प्रविधिमैत्री एवम् जनउत्तरदायी प्रहरीको रुपमा आफूलाई प्रस्तुत गर्न समेत दीक्षित हुने प्रशिक्षार्थीहरुलाई निर्देशन दिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन डा.हरि प्रसाद अधिकारीले प्रहरीलाई थप दक्ष एवम् सक्षम बनाउनका लागि समयानुकूल पाठ्यक्रम अबलम्बन गर्नुपर्ने बताए ।
उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै धन्यवाद ज्ञापन गरेका उक्त समारोहमा अपराध अनुसन्धान विद्यालयका निमित्त प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द राज आचार्यले तालिम सम्बन्धि प्रतिवेदन तथा स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
२०७६ वैशाख २३ गतेबाट सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा ८ महिला सहित कुल १ सय ८ जना प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो ।
प्रशिक्षार्थीहरुले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत बिद्यालयद्वारा सांगितीक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दिक्षित प्रहरी निरीक्षकहरुलाई आ-आफ्ना अभिभावकहरुले दर्ज्यानी चिन्ह सुशोभन गरेका थिए ।
दीक्षान्त समारोहमा पिजीडिपिएस कार्यक्रम सल्लाहकार प्रा.डा. राजिव विक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाली सेना तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा वरिष्ठ प्रहरी अधिकृतहरु, संचारकर्मी, प्रशिक्षार्थीहरुका अभिभावकहरु तथा अन्य आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!