२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

कपुरकोटमा ल१ सय ५ लिटर घरेलु मदिरा नष्ट

Logo
प्रकाशित बुधबार, कार्तिक ०५, २०७७

तेज वली
दाङ सल्यान प्रहरीले कपुरकोट बजार क्षेत्रबाट अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । मंगलबार प्रहरी चौकी कपुरकोटबाट खटि गएको प्रहरी टोलिले घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र भाँडा बरामद गरेको हो । कपुरकोट बजार क्षेत्रका विभिन्न होटलमा विक्रिका लागि लुकाई छिपाइ राखेको घरेलु मदिरा १ सय ५ लिटर, मदिरा बनाउनका लागि तयार पारिएको कच्चा पदार्थ १ सय ८५ लिटर र मदिरा बनाउने भाँडा ३ सेट बरामद गरिएको प्रहरी चौकी कपुरकोटका इन्चार्ज सई जनक बहादुर भण्डारीले जानकारी दिए ।
मदिरा बरामदपश्चात एकपटकलाई सचेत गराएर छाडिएको र आगामी दिनमा सोही कार्य दोहो¥याएमा कडा कारबाही गर्ने चेतावनी दिइएको उनले बताए । बरामद गरिएको मदिरा जनप्रतिनिधि, पत्रकार, उद्योग वाणिज्य संघका प्रतिनिधी, स्थानीय ब्यापारी लगाएतको रोहबरमा कपुरकोट ३ स्थित डम्पीङ साइडमा नष्ट गरिएको इन्चार्ज भण्डारीले बताए । जिल्ला प्रहरी कार्यालय सल्यानले सञ्चालन गरेको अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत कपुरकोेटबाट घरेलु मदिरा नियन्त्रणमा लिइएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।
छ्यापछ्याप्ती पाइने घरेलु मदिराका कारण दशैँ तिहारमा हिंसात्मक घटना हुनसक्ने भएकाले नियन्त्रणमा लिनु परेको प्रहरीको भनाई छ । अवैध मदिराका कारण दिनहुँ समाजमा झै–झगडा, घरेलु हिंसा, महिला हिंसा र अकालमै मृत्यु लगायतका घटना हुने गरेको प्रहरीको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!