२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले ४ जना लागूऔषध तस्कर पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक ०५, २०७७

ABC क्राईमबिट
काठमाडौं सशस्त्र प्रहरी बल (एपीएफ)को इन्टेलिजेन्स ब्यूरोले ललितपुरबाट ४ जना लागू औषध तस्करलाई पक्राउ गरेको छ ।
स्थानीयस्तरमा लागू औषध तस्करी हुने गरेको सूचनाका आधारमा एपीएफको इन्टेलिजेन्स ब्यूरोको टोलीले ललितपुरको गोदावरी नगरपालिका–१५ हात्तीवन चोकबाट ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ घर भएका मनिष मगर, मकवानपुरका सविन आलेमगर, तनहुँका अजितकुमार श्रेष्ठ र काठमाडौंका राजकुमार रोका रहेका छन् ।
सशस्त्र प्रहरीका अनुसार उनीहरुको साथबाट पोलेन नामक लागू औषध २ किलो, ५० थान नोफिन र डाइजेपाम बरामद भएको छ ।
सशस्त्र प्रहरी बलले पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!