२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले ४ जना लागूऔषध तस्कर पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक ०५, २०७७

ABC क्राईमबिट
काठमाडौं सशस्त्र प्रहरी बल (एपीएफ)को इन्टेलिजेन्स ब्यूरोले ललितपुरबाट ४ जना लागू औषध तस्करलाई पक्राउ गरेको छ ।
स्थानीयस्तरमा लागू औषध तस्करी हुने गरेको सूचनाका आधारमा एपीएफको इन्टेलिजेन्स ब्यूरोको टोलीले ललितपुरको गोदावरी नगरपालिका–१५ हात्तीवन चोकबाट ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ घर भएका मनिष मगर, मकवानपुरका सविन आलेमगर, तनहुँका अजितकुमार श्रेष्ठ र काठमाडौंका राजकुमार रोका रहेका छन् ।
सशस्त्र प्रहरीका अनुसार उनीहरुको साथबाट पोलेन नामक लागू औषध २ किलो, ५० थान नोफिन र डाइजेपाम बरामद भएको छ ।
सशस्त्र प्रहरी बलले पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]